Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
क्याम्पसस्तरीय गायनमा एकराज पहिलो – Gaule Khabar

क्याम्पसस्तरीय गायनमा एकराज पहिलो

क्याम्पसस्तरीय गायनमा एकराज पहिलो

चितवन, माघ २८–

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको संगीत विभागले नारायणगढमा आयोजना गरेको क्याम्पसस्तरीय गायन प्रतियोगितामा वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरका एकराज रोकाय पहिलो भएका छन् ।
बुधबार भएको अन्तिम प्रतिस्पर्धामा चितवन क्याम्पसकी बीना सेन्चुरी दोस्रो तथा बुद्ध शान्ति क्याम्पसकी सपना रैला तेस्रो भएका छन् । प्रतियोगितामा अमरज्योतिकी सबिना गौतम र सगरमाथा टेक्निकल कलेजका रामकुमार परियारले सान्त्वना स्थान हासिल गरे ।
माघ १९ र २० गते प्रारम्भिक चरणको प्रतियोगिताअन्तर्गत बुधबार फाइनल भएको हो । प्रथम हुनेले नगद २५ हजार रूपैयाँ, दोस्रो हुनेले १५ हजार रूपैयाँ, तेस्रो हुनेले १० हजार रूपैयाँ र सान्त्वना हुनेले जनही पाँच÷पाँच हजारका दरले पुरस्कार प्राप्त गरेका छन् । साथै विजेताहरुले ट्रफी र प्रमाणपत्रसमेत प्राप्त गरेका छन् । नारायणी कला मन्दिर नारायणगढको सहकार्यमा आयोजित कार्यक्रममा विजेताहरुलाई वरिष्ठ गीतकार प्रेमविनोद नन्दन, गायक तथा संगीतकार प्रसाद श्रेष्ठ, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको संगीत विभागका कुलपति एवम् साहित्यकार सरू भक्त, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको संगीत विभागका उपकूलपति वरिष्ठ गायक तथा संगीतकार शम्भुजित बाँस्कोटा र संगीत विभाग प्रमुख उन्नति बोहोरा ‘शीला’को विशेष उपस्थितिमा विजेताहरुलाई पुरस्कार वितरण गरिएको नारायणी कला मन्दिर नारायणगढका अध्यक्ष उमेश अधिकारीले जानकारी दिए ।
फाइनल प्रतियोगिताका लागि निर्णायकहरुमा प्रसाद श्रेष्ठ संयोजक, विश्व नेपाली, मनोहर सुनाम र बनिका प्रधान रहेका थिए । प्रतिष्ठानको नाट्य विभागले देशभर आयोजना गर्न लागेको कार्यक्रमअन्तर्गत पहिलो कार्यक्रम चितवनमा भएको हो । प्रतियोगिताका लागि बाध्यबाधकसहितको टोली साथमै लिएर आएको थियो ।
चितवन जिल्लाका विभिन्न क्याम्पसहरुमा अध्ययनरत ६० जना विद्यार्थीहरुबाट छानिएका उत्कृष्ट १० जना विद्यार्थीहरुलाई अन्तिम चरणमा प्रतिस्पर्धा गराएको नारायणी कला मन्दिर नारायणगढका सचिव उद्धव जोशीले बताए । १९ र २० गते भएको प्रारम्भिक चरण्मा भने सहनलाल प्रधान, दीपक प्रधान र सुसन प्रधान निर्णाककारुपमा रहेका थिए । बुधबार राति भएको कार्यक्रममा प्रसाद श्रेष्ठ, विश्व नेपाली, बनिका प्रधान र शम्भुजित बाँस्कोटाले आआफ्नो प्रस्तुति दिएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका