Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
सिमरा गोल्डकपको उपाधिका लागि आर्मी र संकटा भिड्ने – Gaule Khabar

सिमरा गोल्डकपको उपाधिका लागि आर्मी र संकटा भिड्ने

सिमरा गोल्डकपको उपाधिका लागि आर्मी र संकटा भिड्ने

दुष्यान्त चौधरी,
बारा, माघ २७–

हिमालयन शेर्पा क्लबलाई पाखा लगाउँदै त्रिभूवन आर्मी क्लब सिमरामा जारी आठौं सिमरा गोल्डकपको उपाधि नजिक पुगेको छ ।
बाराको सिमरा रंगशालामा बिहिबार भएको दोस्रो सेमिफाईनल खेलमा शेर्पाविरुद्ध २–१ को जित निकाल्दै आर्मी संकटासंगको उपाधि भिडन्त पक्का गरेको हो । आर्मीले अब उपाधी भिडन्तका लागि शनिबार सिएमजी संकटा क्लबसंग खेल्नेछ । साविक बिजेता बिजय युथ क्लबलाई पराजित गर्दैै संकटा हिजो फाईनलमा प्रवेश गरेको थियो । आजको खेलमा आर्मीका लागी एक गोल टंक बस्नेतले गरेका थिए भने एक गोल आत्मघाती भएको थियो । शेर्पाका लागी हेमन गुरुङले एक गोल गरे ।

शेर्पाको तुलनामा निकै उत्कृष्ट खेल प्रस्तुत गरेको आर्मी निकै हाबी देखियो । सुरुवातदेखीनै शेर्पालाई दवावमा राखेको आर्मीले पहिलो हाफमा गोल गर्ने थुप्रै अवसर खेर फाल्यो ।
आर्मीका भरत खवास र नवयुग श्रेष्ठले थुप्रै अवसर खेर फाल्दा खेलमा अग्रता लिन ४२ मिनेट सम्म पर्खनु पर्‍यो । आर्मीका पदम तामाङले प्रहार गरेको बल क्रसबारमा लागेर फर्किने क्रममा शेर्पाका मानबहादुर गुरुङको छातिमा लागेर जाली चुमेको थियो । खेलको ४५ औं मिनेटमा नवयुग श्रेष्ठले मिलाएको पासलाई भरतले सदुपयोग गर्न सकेनन् । दवावमा देखिएको शेर्पाले पहिलो हाफको ईन्जुरी समयमा बराबरी गोल फर्कायो ।
चार मिनेट थपिएको ईन्जुरी समयमा शेर्पाका हेमन गुरुङले झण्डै २५ यार्ड टाढाबाट प्रहार गरेको बलले सिधै जाली चुमेको थियो । गुरुङको उत्कृष्ट गोलसंगै खेलमा फर्किएको शेर्पाले दोस्रो हाफमा पनि निकै दवावको सामना गर्‍यो ।
खेलको ५७ मिनेटमा आर्मीका टंक बस्नेतले उत्कृष्ट गोल गरे ।
खेलको ६९ मिनेट भरत खवासले प्रहार गरेको बल पोष्ट बारमा लागेर फर्किदा आर्मीले अग्रता बढाउन नसक्दा २–१को जित हात पार्‍यो ।
आजको खेलको म्यान अफ दि म्या शेर्पाका गोलरक्षक किशोर गिरि घोषित भए । उनले पाच हजार नगद प्राप्त गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका