Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
विप्लवका विद्यार्थीद्वारा नवलपरासीका पाँच क्याम्पसमा तालाबन्दी – Gaule Khabar

विप्लवका विद्यार्थीद्वारा नवलपरासीका पाँच क्याम्पसमा तालाबन्दी

विप्लवका विद्यार्थीद्वारा नवलपरासीका पाँच क्याम्पसमा तालाबन्दी

कावासोती माघ, २७ –

स्ववियु निर्वाचनको नयाँ मिति घोषणा गर्न माग गर्दै विप्वल माओवादी निकट अखिल क्रान्तिकारीले नवलपरासीका पाँच  क्याम्पसमा तालाबन्दी गरेको छ ।

अखिल क्रान्तिकारीले फर्जी विद्यार्थी भर्ना खारेज गर्नुपर्ने, पूर्ण समानुपातिक प्रणाली लागू गर्नुपर्ने र सबै विद्यार्थी संगठनसँग मिलेर स्ववियु निर्वाचनको नयाँ मिति घोषणा गर्नुपर्ने माग राखेका छन् ।अखिल क्रान्तिकारी नवलरासीका संयोजक शिव डुम्रेका अनुसार कावासोतीको कुमारवर्ती बहुमुखी क्याम्पस, बर्दघाटको दिव्यज्योति, परासीको पाल्ही बहुमुखी क्याम्पस, सुनवलको महाकवि देवकोटा बहुमुखी क्याम्पस र बेलाटारीको त्रिभुवन बहुमुखी क्याम्पसमा तालाबन्दी गरिएको हो ।

नवलपरासीमा अघिल्लो स्ववियु निर्वाचनमा सुनवलको देवकोटा बहुमुखी क्याम्पस, कावासोतीको कुमारवर्ती बहुमुखी क्याम्पस, बर्दघाटको दिव्यज्योति, परासीको पाल्ही बहुमुखी क्याम्पस र बेलाटारीको त्रिभुवन बहुमुखी क्याम्पस गरी ५ वटा क्याम्पसमा स्ववियू निर्वाचन भएको थियो । यस वर्ष नवलपरासीका थप १० वटा क्याम्पसमा पनि स्ववियू निर्वाचन गर्ने चर्चा छ तर विद्यार्थी संगठनहरुबीच कुन-कुन क्याम्पसमा स्ववियू निर्वाचन गर्ने भन्ने विषयमा सहमति जुट्न सकेको छैन ।

अहिले गैडाकोटको जनक बहुमुखी क्याम्पस, एसविएम कलेज, कालिका संस्कृति विद्यामन्दिर, अमरापुरीको जनमुखी, रहजरको देवचुली, प्रगतिनगरको जनज्योति, कावासोतीको मध्यविन्दु, चोरमाराको नवजागरण, अरुणखोलाको अरुणखोला बहुमुखी र भूमहीको मोतिलाल बहुमुखी क्याम्पसमा स्ववियू निर्वाचन थप गर्ने चर्चा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका