Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
चितवन आजदेखी लोडसेडिङ मुक्त,कुलमानले दिए निर्देशन – Gaule Khabar

चितवन आजदेखी लोडसेडिङ मुक्त,कुलमानले दिए निर्देशन

चितवन आजदेखी लोडसेडिङ मुक्त,कुलमानले दिए निर्देशन

कृष्ण आचार्य

चितवन,माघ २७-

चितवन आज (विहिवार) देखी लोडसेडिङ मुक्त भएको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपाल विधुत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख राम दुलार यादवलाई फोन गरेर चितवनमा लोडसेडिङ नहुने जानाकारी दिएका छन् । मलाई आज मात्र जानाकारी र निर्देशन प्राप्त भएको छ,प्रमुख दुलारले भने–“आजदेखी चितवनमा लोडसेडिङ मुक्त भयो ।”

एक सातादेखी चितवनमा लोडसेडिङ नभएको जानकारी दिदै उनले औधोगिक फिडरमा भने लोडसेडिङ हुने वताए । पुर्व तालिका अनुसारनै औधोगिक फिडरमा लोडसेडिङ हुने छ । राति ८ः३० देखी विहान ६ वजेसम्म र विहन ९ वजेदेखी अपरान्ह ४ वजेसम्म विजुली आउने छ । प्राविधिक समस्या र मर्मत सम्हारको समय वाहेका अन्य वेला चितवनमा लाइन नकाटिने दुलारले नारायणी अनलाइनलाई जानाकारी दिए ।यसअघि चितवनमा दैनिक ४ घण्टा लोडसेडिङ हुदै आएको थियो ।

एमाओवादी अध्यक्ष प्रचण्डले एक महिना पहिले चितवनको एक सार्वजनिक कार्यक्रममा एक हप्तामा चितवन लोडसेडिङ मुक्त हुने वताएका थिए । तर केही ढिला भएपनि प्रधानमन्त्रीको पहलमा चितवन लोडसेडिङ मुक्त भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका