Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
महोत्तरीका दुईसय २५ परिवारलाई कम्बल वितरण – Gaule Khabar

महोत्तरीका दुईसय २५ परिवारलाई कम्बल वितरण

महोत्तरीका दुईसय २५ परिवारलाई कम्बल वितरण

गौशाला ,माघ २७ –

नेपाल भारत महिलामैत्री समाज काठमाडौँले महोत्तरी जिल्लाको मटिहानी गाविसका २२५ परिवारलाई आज बिहान कम्बल वितरण गरेको छ ।

माघ अन्तिम साता लागिसक्दा पनि महोत्तरीमा जाडो कम नहुँदा जाडोबाट प्रभावित मटिहानीका २२५ विपन्न परिवारलाई समाजले कम्बल वितरण गरेको हो । मटिहानीस्थित राम उमाविको प्राङ्गणमा समाजकी केन्द्रीय अध्यक्ष श्रीमती चन्दा चौधरीले मटिहानी– १ देखि ९ सम्मका २२५ विपन्न परिवारलाई कम्बल वितरण गर्नुभएको हो । महोत्तरीमा अझै पनि कठ्याङ्ग्रिदो असहनीय जाडो भइरहेको बेला समाजले स्थानीयलाई कम्बल वितरण गरेकोमा स्थानीय खुसी देखिएका छन् ।  -रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका