Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
रसुवामा कर्मचारीद्वारा एक घण्टा कलम बन्द – Gaule Khabar

रसुवामा कर्मचारीद्वारा एक घण्टा कलम बन्द

रसुवामा कर्मचारीद्वारा एक घण्टा कलम बन्द

रसुवा, माघ २७ –
रसुवामा स्थानीय निकायमा कार्यरत कर्मचारीले बिहीबार एक घण्टा कलम बन्द गरेका छन् । स्थानीय तहको चुनाव छिट्टै घोषणा गर्नुपर्ने लगायतका ६ बुँदे माग राख्दै स्थानीय निकाय कर्मचारी संयुक्त संघर्स जिल्ला समन्वय समिति रसुवाको आह्वानमा जिल्ला विकास समिति र गाउँ विकास समितिमा कार्यरत कर्मचारीले बिहीबार एक घण्टा कलम बन्द गरेका हुन् ।
स्थानीय तहमा कर्मचारी समायोजन गर्दा स्थानीय निकायमा कार्यरत कर्मचारी र अन्य कर्मचारीलाई मिलाएर तह तथा श्रेणीगत रुपमा कर्मचारी समायोजन गर्नुपर्ने, योग्यता र क्षमताका आधारमा जिम्मेवारी दिनुपर्ने, अस्थायी कर्मचारीको उचित व्यवस्थापन गर्नुपर्ने लगायतका ६ वुँदे माग राख्दै बिहान १० बजेदेखि ११ बजेसम्म कलम वन्द गरिएको सयुंक्त संघर्ष समितिका अध्यक्ष लिलानाथ नेपालले बताउनुभयो ।
अध्यक्ष नेपालका अनुसार शुक्रबार तीन घण्टा कलम बन्द गरिने र फागुन १ गते गाविस तथा जिविस पूरै दिन बन्द गरिने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका