चितवन,माघ २७-
दक्षिण चितवनको माडीका एक पूरुष सुतेकै अवस्थामा मृत भेटिएका छन्। माडी नगरपालिका वडा नम्वर ५ बस्ने वर्ष ३६ का हरि तिवारी मृत भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। छिमेकी जिवन महत्तोको छोराको विवाहमा भोज खाई मंगलबार राती ९ बजे उनी घर आएर सुतेका थिए।
वुधवार बिहान तिवारी सुतेकै ठाउँमा मृत अवस्थामा भेटिएको चितवन प्रहरीले जनाएको छ। खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय माडीबाट प्रहरी निरीक्षक अरविन्द कुमार दुवेदीको नेतृत्वमा प्रहरी घटनास्थलको मुचुल्का उठाएको जनाइएको छ।अहिले शवलाई पोष्टमार्टमका लागि भरतपुर अस्पतालमा ल्याईएको प्रहरी प्रवक्ता दिपक श्रेष्ठले जानकारी दिए। घटनाको कारण नखुलेको र अनुसन्धान भैरहेको उनले बताए।