Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
छात्रामाथि यौन दुर्व्यवहार गरेको अभियोगमा प्रिन्सिपललाई जुत्ताको माला – Gaule Khabar

छात्रामाथि यौन दुर्व्यवहार गरेको अभियोगमा प्रिन्सिपललाई जुत्ताको माला

छात्रामाथि यौन दुर्व्यवहार गरेको अभियोगमा प्रिन्सिपललाई जुत्ताको माला

तुलसीपुर,माघ २७-

पश्चिम दाङको धनौरीस्थित मिड वेस्टर्न प्वाइन्ट एकेडेमीका प्रिन्सिपल वीरबहादुर घर्तीलाई विप्लप माओवादी निकटको अनेरास्ववियु (क्रान्तिकारी) राप्तीको छात्रा विभागले कालोमोसो दलेको छ ।

प्रिन्सिपल घर्तीले विद्यालयका छात्रालाई पटकपटक यौन दुर्व्यवहार गरेकाले उनलाई जनकारबाहीस्वरूप कालोमोसो दलेर जुत्ताको माला लगाइएको अखिल (क्रान्तिकारी)राप्ती ब्युरो संयोजक नरेन्द्र विकले जानकारी दिए । प्रहरीले भने घर्तीलाई कालोमोसो दल्ने र जुत्ताको माला लगाउनेको खोजी भइरहेको जनाएको छ ।

सो घटनामा प्रयोग गरेको रा३प ६१८५ नम्बरको मोटरसाइकल र रा१ज ५३८ नम्बरको जिप प्रहरीले नियन्त्रणमा लिएको दाङ प्रहरीका निमित्त प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए । ‘कार्यक्रम छ भन्दै सबैलाई जम्मा गरेर कालोमोसो र जुत्ताको माला लगाएर भागेछन्,’ डीएसपी तिवारीले भने । खबर पनि ढिला आएकाले पक्राउ गर्न नसकिएको उनले बताए । राजधानी दैनिकमा खबर छ । राजधानी दैनिकमा खबर छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका