काठमाडौं, माघ २६–
गत वर्षको मोःमोत्सवको अपार सफलतापछि, कोका–कोलाले आफ्ना महत्वपूर्ण उपभोक्ताहरुको लागि मोमोत्सव फेरी ल्याएको छ । नेपालमा विश्वव्यापी परम्परालाई निरन्तरता दिँदै, कोका–कोलाले नेपालका प्रमुख चेन रेष्टुरेन्टहरु तथा भोजनालयहरुसँगको सहकार्यमा अनुपम ‘कोका–कोला मोःमोत्सव’गत वर्ष देखि आयोजना गर्दै आएको छ । यसको नाम जस्तै, यो मोःमो अभियानले कोका–कोलाका साथमा मोमोहरुको विभिन्न प्रकारको स्वाद लिन सकिने र आफ्नो अनुभवलाई अझै उत्कृष्ट बनाउनेअवसर प्रदान गर्नेछ ।
यस वर्षको मोःमोत्सव महोत्सव आजदेखि शुरु भएको छ भने मध्य मार्चसम्म आयोजना हुनेछ । यो अभियानको एक भागको रुपमा, चर्चित कलाकार तथा खानाको पारखी प्रियंका कार्की र नेपालको राष्ट्रिय फुटबल टिमका खेलाडीहरुका साथमा विभिन्न आउटलेटहरु भ्रमण गर्नेछन् । विभिन्न आउटलेटहरुमा कोका–कोला र मोःमोको संयुक्तरुपमा आनन्द लिईरहेका व्यक्तिहरुलाई सेलेब्रेटीहरुले सोहि स्थानमा भेट्ने छनु भने मोःमोका पारखीहरुले विभिन्न रमाइला पुरस्कारहरु जित्न सक्नेछन् ।
मोःमोत्सव अभियानमा मोःमो खाने विशेष प्रतिस्पर्धा पनि राखिएको छ । जसको लागि फुटबल खेलाडी जसले यो प्रतिस्पर्धामा जित्न सक्दछ जस्तो लाग्दछ त्यसलाई आफूले समर्थन गर्न सकिनेछ । फेबु्रअरी महिनालाई प्रेमको महिना भनेर चिनिन्छ । यो मोःमोत्सवको अवधिमा, प्रियंका कार्कीले तपाईँको महत्वपूर्ण व्यक्तिलाई आफ्नो भावना फरक तरिकाले दर्शाउनका लागि तपाईँलाई सहयोग गर्नेछिन् ।
विभिन्न आउटलेटहरुमा विभिन्न कार्यक्रमहरुका साथ यो महिनाभर तपाईँले सरप्राइजका प्राप्त गर्नका लागि प्रतिक्षा गर्नुहोस् रतपाईँले कोका–कोलाको आधिकारिक फेसबुक पेज पनि फलो गर्न सक्नुहुनेछ । यसको लागि ग्राहकहरुले कोका–कोलाको आधिकारिक फेसबुक पेज लाइक गर्नुपर्ने हुन्छ । यो उत्समा सहभागी हुनका लागि कोका–कोला र मोःमो संग आफ्नो सेल्फि खिचि #Cokeandmomo का साथ@CocaCola ट्यागगरी Facebook मा आफ्ना पोस्टहरु पब्लिक गरी अपलोड गर्नुपर्ने हुन्छ । कोका–कोलाले नेपालभर आफ्ना ग्राहकहरुका लागि नौला र रुचिकर अवसरहरु निरन्तर ल्याउने गर्द छ र मोःमो उत्सव पनि अन्य कार्यक्रमहरु जस्तै रुचाईएको छ ।
मोःमोत्सव काठमाडौं उपत्यका, पोखरा, धरान, इटहरी र बिराटनगरका विभिन्न रेष्टुरेन्टहरु तथा भोजनालयहरुमा आयोजना हुनेछ ।