Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
मोनो रेल सञ्चालन गर्नेबारे सम्झौता – Gaule Khabar

मोनो रेल सञ्चालन गर्नेबारे सम्झौता

मोनो रेल सञ्चालन गर्नेबारे सम्झौता

काठमाडौँ, माघ २६ –

दिगो सहरी यातायात व्यवस्थापनका लागि वाइबिडी सिमेक्स कम्पनी र काठमाडौँ महानगरपालिकाबीच मोनो रेलको सम्भाव्यता अध्ययन सम्बन्धमा आज द्विपक्षीय सम्झौता भएको छ ।

काठमाडौँ महानगरपालिकाले आज यहाँ आयोजना गरेको हस्ताक्षर कार्यक्रममा महानगरका तर्फबाट प्रवक्ता ज्ञानेन्द्र कार्की र वाइबिडी सिमेक्सका अध्यक्ष प्रसिद्धजङ्ग पाण्डेले हस्ताक्षर गर्नुभएको हो ।

महानगरका कार्यकारी अधिकृत रुद्रसिंह तामाङले काठमाडौँमा मेट्रो रेलको भन्दा मोनो रेलको सम्भावना राम्रो देखिएकाले सार्वजनिक निजी साझेदारीअन्तर्गत सम्भाव्यता अध्ययन गर्न लागिएको बताउनुभयो ।

कम्पनीले तीन महिनाभित्रै काठमाडौँको कुनै १० किमीको रुटमा मोनो रेल चलाउने विषयमा सम्भाव्यता अध्ययन गरी प्रतिवेदन सार्वजनिक गर्ने वाइबिडी साइमेक्सका अध्यक्ष प्रसिद्धजङ्ग पाण्डेले जानकारी गाराउनुभयो ।

अध्यक्ष पाण्डेले रेलको निर्माण लागत मेट्रोको भन्दा ८० गुणा सस्तो हुने पनि जानकारी गराउँदै ट्रली बसको जत्रै खम्बा राख्दा हुने भएकाले यसले सडकमा पनि कुनै असर नगर्ने बताउनुभयो ।

आकासमा गुड्ने भएकाले यसले सडकको ट्राफिक व्यवस्थापनमा कुनै किसिमको असर पनि गर्ने छैन् । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका