Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
किसानका घर घरमा पोखरी – Gaule Khabar

किसानका घर घरमा पोखरी

किसानका घर घरमा पोखरी

डोल्पा (दुनै), माघ २६ –

सिँचाइ सुविधा उपलब्ध गराउन किसानका घर घरमा पोखरी निर्माण गरिने भएको छ ।

जिल्ला कृषि विकास कार्यालयले केही हदसम्म भए पनि किसानको सिँचाइको समस्या कम गर्न उनीहरुलाई पोखरी निर्माणका लागि अनुदान दिन लागेको कार्यालयका योजना अधिकृत भानुभक्त भट्टराईले जानकारी दिनुभयो ।

सो कार्यक्रमअन्तर्गत पोखरी निर्माण गरेर वर्षादकोे पानी जम्मा गरी सिँचाइको सुविधा दिइनेछ । यस वर्ष ७५ किसानलाई नमुनाको रुपमा प्रतिपोखरी रु १५ हजारका दरले रकम वितरण गरिने भट्टराईले बताउनुभयो । यहाँको कुल खेतीयोग्य जमिनको २० प्रतिशतमा मात्र सिँचाइको पहँुच पु¥याउन सकिएको कार्यालयले जनाएको छ । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका