Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
घट्दै छ शाहरुख खानको स्टार भ्याल्यू – Gaule Khabar

घट्दै छ शाहरुख खानको स्टार भ्याल्यू

घट्दै छ शाहरुख खानको स्टार भ्याल्यू

काठमाडौं,माघ २५ –

शाहरुख खानको चलचित्रले जुन प्रकारले प्रदर्शन गरिरहेको छ, यसलाई हेरेर उनको स्टार भ्याल्यू अब कम भइरहेको भन्न सकिन्छ । शाहरुखका चलचित्र आमिर– सलमानका चलचित्रको बराबर व्यावसाय गर्न सकिरहेको छैन । उनको चलचित्रको व्यवसाय अब अजय देवगन, रितिक रोशन वा अक्षय कुमारका चलचित्रको बराबरीमा झरेको छ ।

हिजोआज आमिर र सलमानको लोकप्रियताको आधारमा उनीहरूको हरेक चलचित्रले २५० करोडभन्दा बढी कलेक्सन सजिलै गर्न सक्छ । वेबदुनियाँ अनलाइनका अनुसार सलमानको पछिल्लो चलचित्रले ३०० र आमिरको ‘दंगल’को कमाइ ३८५ करोडभन्दा माथि पुगेको थियो । यता शाहरुख खानको चलचित्र ‘रईस’ १५० करोडको आसपासमा संघर्ष गरिरहेको थियो ।

शाहरुख खानको चलचित्र अहिलेसम्म २०० करोडसम्म पनि पुगेको छैन । यहीस्थितिमा अजय, अक्षय र ऋतिक पनि छन् । अजय देवगन र अक्षय कुमारका कुनै चलचित्र अहिलेसम्म २०० करोडभन्दा माथि जान सकेको छैन । ऋतिक रोशन भने एकपटक दुईसय करोडसम्म पुगेका थिए । बलिउडमा अब शाहरुख खानको स्टारडम अन्य दुई खानको तुलनामा कम हुँदै गइरहेको छ । र, उनी पहिलो समूहबाट अलग्गिएर दोस्रो समूहमा झरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका