Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
पर्सामा घुरबाट आगो सल्किँदा तीन घर जलेर नष्ट – Gaule Khabar

पर्सामा घुरबाट आगो सल्किँदा तीन घर जलेर नष्ट

पर्सामा घुरबाट आगो सल्किँदा तीन घर जलेर नष्ट

पर्सा, माघ २६ –

पर्साको लखनपुर गाविसमा आज बिहान भएको आगलागीमा तीन घर जलेर नष्ठ भएको छ । लामखुट्टे धपाउन बालिएको घुरबाट आगो सल्किँदा वडा नं ५ निवासी दरोगा यादव, दुर्गा यादव र हरि यादवको घर जलेर नष्ट भएको हो ।

हरि यादवको गोठमा लामखुट्टे धपाउन बालिएको आगो सल्किएको आगोले दरोगा र दुर्गा यादवको घर जलेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

बिहान ३ः४५ बजे भएको आगलागीमा परी हरि यादवको गोठमा बाँधिएको दुईवटा भैँसी जलेर मरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर जोशीले जानकारी दिनुभयो ।

आगलागीबाट तीनवटै घरमा राखिएको अन्न, लत्ताकपडा खाद्यान्न, नगद तथा जिन्सी पूर्णरुपमा जलेर नष्ट भएको प्रवक्ता जोशीले बताउनुभयो । आगलागीमा परी करिब पाँच लाख मूल्य बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीको अनुमान छ ।

आगोलाई प्रहरी चौकी महुवन, स्थानीय बासिन्दा र वीरगन्जबाट गएको बारुणयन्त्रको सहयोगमा एक घन्टापछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका