Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
सांसद कृष्णभक्त पोखरेलको चुनावी प्रतिबद्धता पूरा,बाँदर हिड्ने भीरमा मोटर गुड्यो – Gaule Khabar

सांसद कृष्णभक्त पोखरेलको चुनावी प्रतिबद्धता पूरा,बाँदर हिड्ने भीरमा मोटर गुड्यो

सांसद कृष्णभक्त पोखरेलको चुनावी प्रतिबद्धता पूरा,बाँदर हिड्ने भीरमा मोटर गुड्यो

दिपेन्द्र अधिकारी ,

चितवन,माघ २६-

लामिडाँडाको स्कूलमा उभिएर तल हेर्दा त्रिशूली नदी बगिरहेको देखिन्छ । बाँया फर्के मुग्लिन बजार दायाँ फर्के कुरिनटार । मनकामनाबाट ठीक विपरित चितवनतर्फको गाउँ हो लामिडाँडा । पारीपट्टी केबलकार सरर हिँडेको छ । त्रिशूलीको काखमा पृथ्वीराजमार्ग पर्छ । यही सडकमा गुड्ने गाडीको हर्न लामिडाँडासम्म सुनिन्छ । निकै भीर जस्तो देखिने यस भेगमा गाडी पुग्ला भन्ने कमैले सोचेका थिए । मुन्द्रबहादुर मगर आज छक्क छन् । बाँदर दौडने भीरमा अहिले सडकको ट्रयाक खुलेको छ । गाउँसम्म चेरेसबाट अहिले गाडी चल्छ ।

तर, झमेला र अल्झनको बीच चितवनको पहाडी गाविस दारेचोक–३ लामिडाँडामा पहिलोपटक गाडी पुगेको हो । झण्डै तीन सय जति मगर घरबस्ती रहेको यस गाउँमा गाडी पुगेपछि स्थानीय मख्ख परेका छन् ।यहाँ बाटो खन्दा सिधै पृथ्वी राजमार्गमा झर्ने भन्दै केहीले बाटो खन्न अवरोध पनि गरे । तर, स्थानीयले निकै मेहनतपछि गाउँमा सडक पु¥याए । ‘नौ वर्षअघि देखि बजेट परे पनि सडक निर्माण हुन सकेको थिएन, सडक निर्माण समितिका अध्यक्ष मुन्द्रबहादुर लुंगेलीमगरले भने, ‘निरन्तरको प्रयास र सांसदको बजेटबाट मात्र सम्भव भयो ।’

यस क्षेत्रका सांसद कृष्णभक्त पोखरेलले गत चुनावमा जसरी पनि गाउँमा मोटरबाटो ल्याउने प्रतिबद्धता जनाए अनुसार काम भई गाउँमा सडक पुगेको अध्यक्ष मगरले बताए ।दारेचोकको चेरेस–लामिडाँडा कृषि सडकको निर्माण कार्य सम्पन्न भएको छ । एमाले चितवन जिल्लाका अध्यक्ष एवम् क्षेत्र न. ३ का सांसद कृष्णभक्त पोखरेलले उक्त सडकको सोमबार उद्घाटन गरे । केबलकार फेदको चेरेसबाट लामिडाँडासम्मको ६.८० किलोमिटर कृषि सडक ३३ लाख ४४ हजार ६०५ रूपैयाँमा निर्माण सम्पन्न भएको हो ।

सांसद कोषबाट २४ लाख ५० हजार, गाविसबाट पाँच लाख, गाउँ चन्दाबाट एक लाख २७ हजार २१३ र दुई लाख रूपैयाँ ऋण गरी सडक निर्माण कार्य सम्पन्न गरिएको सडक निर्माण समितिका अध्यक्ष मगरले जानकारी दिए ।

कार्यक्रममा बोल्दै सांसद पोखरेलले विकासको पहिलो चरण नै सडक र बिजुली भएको भन्दै यी क्षेत्रहरुमा बजेटको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरे । कतिपय पहाडी इलाकामा बजेट परे पनि काम गर्न नसकेको भन्दै लामिडाँडाबासीलाई काम सम्पन्न गरी उदाहरणीय काम गरेको भन्दै पोखरेलले धन्यवाद दिए । ‘चुनावमा भोट माग्न आउँदा हिडेर आएको थिएँ, आज मोटर चढेर आएको छु’, सांसद पोखरेलले बताए ।

कार्यक्रममा बोल्दै माओवादी केन्द्रका केन्द्रीय सदस्य प्रताप गुरूङले गाउँ परिषद्मा बजेट विनियोजन गर्दा सबै क्षेत्रका प्रतिनिधहरुलाई समेट्दा गाउँको विकास छिटो हुने बताए । ‘गाउँमा सडक पुगेपछि धेरैको जीवनमा परिवर्तन आउने विश्वास लिएको छु’, एमाले जिल्ला सचिवालय सदस्य नारायण अधिकारीले भने,‘आफ्नो गाउँठाउँको विकास गर्न आफै सक्रिय हुनुपर्छ ।’सडक उद्घाटन कार्यक्रममा गाविस सचिव निलकण्ठ लामिछाने, जिल्ला सदस्य जुनाराज भण्डारी, मस्र्याङ्दी बहुउद्देश्यीय सहकारी मुग्लिनका अध्यक्ष जयलाल श्रेष्ठलगायतले मन्तव्य राखेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका