Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
ट्रम्पको आदेशको विषयमा अदालतको प्रश्न – Gaule Khabar

ट्रम्पको आदेशको विषयमा अदालतको प्रश्न

ट्रम्पको आदेशको विषयमा अदालतको प्रश्न

माघ २६ –

अमेरिकाको पुनरावेदन अदालतमा राष्ट्रपति डोनाल्ड ट्रम्पको मुस्लिम बाहुल्य सात देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउने सम्बन्धी आदेश मुस्लिममाथिको विभेद रहे नरहेको विषयमा सुनुवाई भएको छ । सुनुवाईको क्रममा न्यायाधीशले राष्ट्रपतिको कार्यकारी आदेश मुस्लिममाथिको विभेद हो कि होइन यसबारेमा जवाफ पेश गर्न भनेको छ ।
सन फ्रान्सिस्कोमा रहेको पुनरावेदन अदाललतमा यस विषयमा सुनुवाई सुरु भएको हो । न्यायाधीश रिचार्ड क्लिफ्टनले राष्ट्रपतिको आदेशले विश्वका १५ प्रतिशत मुस्लिम प्रभावित हुने भए त्यो मुस्लिममाथिको विभेद हो वा होइन भन्ने बारे जवाफ पेश गर्न भन्नुभएको हो । न्यायाधीश क्लिफ्टनसहित तीन न्यायाधीशको इजालासमा भएको सुनुवाईमा पक्ष र विपक्षका वकिलबिच एक घण्टासम्म बहस भएको थियो । सन फ्रान्सिस्को पुनरावेदन अदालतले यो केही दिनमा आफ्नो फैसला दिनेछ । राष्ट्रपति ट्रम्पले इराक, इरान, सिरियासहित मुस्लिम बाहुल्य सात देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउने तथा शरणार्थी कार्यक्रम एक सय २० दिनका लागि बन्द गर्ने कार्यकारी आदेश दिएपछि धेरै नागरिक प्रभावित भएका थिए ।

तर गएको हप्ता वासिङ्टनको सिएटलमा रहेको संघीय अदालतले राष्ट्रपतिको आदेश तत्कालका लागि निलम्बित गर्ने फैसला गरेको थियो । सिएटल अदालतको फैसला विरुद्ध पुनरावेदन अदालतमा अपिल परेको हो ।
पुनरावेदन अदालतले जे फैसला गरे पनि यसको अन्तिम फैसला सर्वोच्च अदालतले नै गर्ने सम्भावना छ । धेरै जसो अदालतका न्यायाधीश राष्ट्रपतिको आदेशको विपक्षमा देखिएका छन् । तर न्याय विभागले भने राष्ट्रपति ट्रम्पको साथ दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका