Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
फागुन ५ देखि ज्ञानेन्द्र मैदानमा, राजसंस्थाको भविष्यबारे निर्णायक वार्तालापको चरणमा – Gaule Khabar

फागुन ५ देखि ज्ञानेन्द्र मैदानमा, राजसंस्थाको भविष्यबारे निर्णायक वार्तालापको चरणमा

फागुन ५ देखि ज्ञानेन्द्र मैदानमा, राजसंस्थाको भविष्यबारे निर्णायक वार्तालापको चरणमा

काठमाडौं,माघ २६-

पूर्व राजा ज्ञानेन्द्र शाह विशेष राजनीतिक संवादका निम्ति गत साता थाइल्याण्डको राजधानी बैंकक पुगेका  छन् । गत बुधबार माघ १९ गते साँझ चिनीया राष्ट्रपति सी जिनपिङका विशेष प्रतिनिधिसँग रात्रीभोजसहितको भेटवार्तापछि उनी  बैंकक प्रस्थान गरेका हुन् ।

शाहले त्यहाँ चीन र भारतका विशेष दूतहरुसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने समाचार सूत्रहरुले जनाएका छन् । बैकक जानुअघिका केहि दिनभित्र उनले नेपालमा केही राजनीतिक दलका नेताहरुसँग पनि परामर्श गरेकाे पनि बुझिएको छ । उनी २७ या २८ गते स्वदेश फर्कने बताइएको छ ।

राजसंस्थाको भविष्यबारे ज्ञानेन्द्र शाह निर्णायक वार्तालापको चरणमा प्रवेश गरेका  छन् । अबका वार्तालाप तथा बैठकहरुले कुनै न कुनै रुपको ठोस परिणाम हासिल हुने आशा उनले गरेका  छन् । राजसंस्थाले स्पेस पाउने या नपाउने भन्ने कुराको निक्र्योल गरिसकेपछि शाहबाट ठोस कदम चालिने बताइएको छ ।

बैंककबाट फर्किएपछि सपरिवार मधेसको विशेष भ्रमणमा जाने स्रोतको जानकारी छ । उनी आगामी फागुन ५ गते बाराको सिमरा पुग्नेछन् । फागुन ७ गते पूर्व बडामहारानी कोमलको ६७ औं जन्मदिन सिमरामै मनाएपछि सिमरालाई मुकाम बनाएर उनी तराइ मधेसका केही जिल्लाको भ्रमणमा जाने  बुझिएको छ ।   घटना र विचार साप्ताहिकमा खबर छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका