Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
प्रतिनिधि बन्न सकिनन् देवयानी राणा – Gaule Khabar

प्रतिनिधि बन्न सकिनन् देवयानी राणा

प्रतिनिधि बन्न सकिनन् देवयानी राणा

दोलखा, माघ २६–

राप्रपा निवर्तमान अध्यक्ष पशुपतिशमशेर राणाकी छोरी देवयानी राणा दोलखाबाट प्रतिनिधि नहुने भएकी छन् । पार्टीको विधानमा महाधिवेशन प्रतिनिधि हुन उम्मेदवार नै उपस्थित हुनुपर्ने भएपछि राणालाई प्रतिनिधि बनाउन नसकिएको राप्रपा दोलखा क्षेत्र नम्बर २ का अध्यक्ष विजय खड्काले बताएको आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

खड्काका अनुसार महाधिवेशन प्रतिनिधि बन्न गाविसबाट क्षेत्रीय प्रतिनिधि भई क्षेत्रीय कार्यसमिति वा जिल्ला कार्यसमिति सदस्य हुनुपर्ने प्रावधान छ । उनले भने, ‘उहाँ दुईवटै अधिवेशनमा अनुपस्थित भएकाले प्रतिनिधि बनाउन सकिएन ।’ दोलखाको शैलुंगेश्वरबाट जिल्ला अधिवेशन प्रतिनिधिका रूपमा देवयानी छनोट भएकी थिइन् । राप्रपाको गाउँ अधिवेशनमा समेत उपस्थित नभएकी राणालाई शैलुंगेश्वर गाउँ कार्यसमितिले क्षेत्रीय प्रतिनिधिमा मनोनीत गरेको थियो । राप्रपाका जिल्ला अध्यक्ष खड्काका अनुसार देवयानीलाई जिल्ला भित्राउन इच्छुक भए पनि उनी उपस्थित नभएकै कारण प्रतिनिधि बनाउन नसकिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका