Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
सिमरा गोल्डकपः वीरगन्जलाई पाखा लगाउँदै आर्मी सेमीफाईनमा – Gaule Khabar

सिमरा गोल्डकपः वीरगन्जलाई पाखा लगाउँदै आर्मी सेमीफाईनमा

सिमरा गोल्डकपः वीरगन्जलाई पाखा लगाउँदै आर्मी सेमीफाईनमा

दुष्यन्त चौधरी,

बारा, माघ २५–

वीरगञ्ज युनाईटेड क्लबलाई पाखा लगाउँदै त्रिभूवन आर्मी क्लब सिमरामा जारी रुस्लान आठौं सिमरा गोल्डकपको सेमीफाईनलमा प्रवेश गरेको छ ।

सिमरा रंगशालामा आज (मंगलबार) भएको अन्तिम क्वार्टरफाईनल खेलमा वीरगन्जलाई ३–० ले पराजित गर्दै आर्मी अन्तिम चारमा प्रवेश गरेको हो ।

आर्मीको जितसंगै प्रतियोगिताको सेमीफाईनको समिकरण पुरा भएको छ । आर्मीले अब फाईनल प्रवेशका लागि हिमालयन शेर्पासंग खेल्नेछ । यसअघि साविक बिजेता बिजय युथ क्लब, सिएमजी संकटा क्लब र हिमालयन शेर्पा क्लब सेमीफाईनलमा प्रवेश गरिसकेका छन् ।

छैठौं संस्करणको बिजेता आर्मीलाई जित दिलाउने क्रममा बालकृष्ण श्रेष्ठ, सन्तोष तामाङ र दिपक गुरुङले एक/एक गोल गरे । खेलमा स्टार खेलाडी भरत खवास, नवयुग श्रेष्ठले गोल गर्न नकसेपनि राम्रा मौकाहरु सिर्जना गरि दिएका थिए । वीरगन्जविरुद्ध हाबी देखिएको आर्मीले खेलको १६ मिनेटमा बालकृष्णको गोलबाट अग्रता लिएको थियो । नवयुग श्रेष्ठले मिलाएको पासलाई सदुपयोग गर्दै बालकृष्णले गोल गरेका हुन् ।

सुरुवातदेखीनै आक्रामक खेल देखाएको आर्मीले पहिलो हाफको ईन्जुरी समयमा दोस्रो गोल थप्दा वीरगन्जले भने कुनै अवसर बनाउन सकेन । दुई मिनेटको ईन्जुरी समयमा आर्मीका सन्तोष तामाङले गोल गर्दै खेल २–० को स्थितीमा पुर्‍याएका थिए ।

वीरगन्जका खेलाडीबिच तालमेलको निकै अभाव देखियो । उपाधीकै दाबेदार आर्मीले दोस्रो हाफमा पनि उत्कृष्ट प्रदर्शन गर्दै तेस्रो गोल थप्यो ।

खेलको ५५ मिनेटमा बालकृष्णले मिलाएको पासमा दिपक गुरुङले गोल गरे । त्यसअघि आर्मीका गोलरक्षक बिकेश कुथु गम्भिर घाईते हुदै मैदानबाट बाहिरिन पुगे । बल नियन्त्रणमा लिने क्रममा खेलाडीसंग ठोक्कीएपछि कुथु घाईते भएका हुन् । टाउकोमा चोट लागेका कुथुको स्थानिय अस्पतामा उपचार भईरहेको छ । उनको स्थानमा सुनिल श्रीवास्तव आएका थिए ।

दोस्रो हाफको खेल पूर्णरुपमा आफ्नो नियन्त्रणमा लिएको आर्मीले गोल गर्ने केही अवसर भने चुकाएका थिए ।
वीरगन्जका प्रशिक्षक सुलभजंग रानाले खेलाडीबिच तालमेल नमिल्दा पराजय भोगेको बताए । आर्मीका प्रशिक्षक नविन न्यौपानेले टिमको प्रदर्शनबाट सन्तुष्ट रहेको बताए ।

खेलको म्यान अफ दि म्याच आर्मीका सन्तोष तामाङ घोषित भए । प्रतियोगिता अन्तर्गत बुधवार पहिलो सेमीफाईनलमा बिजय युथ क्लब र सिएमजी संकटाबीच खेल हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका