Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
सामाजिक उत्तरदायित्वसहितको पत्रकारिता आवश्यक – सञ्चारमन्त्री कार्की – Gaule Khabar

सामाजिक उत्तरदायित्वसहितको पत्रकारिता आवश्यक – सञ्चारमन्त्री कार्की

सामाजिक उत्तरदायित्वसहितको पत्रकारिता आवश्यक – सञ्चारमन्त्री कार्की

काठमाडौं, माघ २५ –

सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले पत्रकारिता पेशा मात्र नभई सामाजिक उत्तरदायित्व भएको बताउनुभएको छ । कलेज अफ जर्नानिज्म एन्ड मास कम्युनिकेसन (सिजेएमसी)ले आज आमसञ्चार पत्रकारिता विश्वविद्यालयको स्थापनार्थ गरेको अन्तक्र्रियामा उहाँले पत्रकारितालाई जिम्मेवार बनाउनुपर्नेमा जोड दिनुभयो ।

सञ्चारमन्त्री कार्कीले भन्नुभयो, “सञ्चार माध्यम विशिष्टीकृत बन्दै गएको छ, त्यसका लागि जिम्मेवार र विशिष्ठ व्यक्ति सिर्जना गर्न नयाँ विश्वविद्यालय आवश्यक छ ।” उहाँले विश्वविद्यालय स्थापना गरेर पत्रकारिता पेशालाई स्तरीय बनाउनुपर्नेमा जोड दिनुभयो । सञ्चारमन्त्री कार्कीले हुलाक सेवालाई सामुदायिक सूचना केन्द्रका रुपमा विकास गर्ने र त्यसमार्फत स्थानीय रेडियोको नवीकरण तथा अन्य सूचना सम्प्रेषणको काम गर्न सकिने बताउनुभयो ।

प्रत्येक गाउँपालिकामा राम्रा पत्रकारको आवश्यकता रहेको उल्लेख गर्दै पत्रकारलाई आत्मरक्षाका विषयमा पोख्त बनाउनुपर्नेमा मन्त्री कार्कीको जोड थियो । उहाँले पत्रकारले विचार निर्माणका लागि महत्वपूर्ण कार्य गर्न सक्ने धारणा राख्नुभयो । सञ्चारमन्त्री कार्कीले सञ्चार क्षेत्र पारदर्शी भएमात्र प्रजातन्त्र बलियो हुने विचार व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो,“ एक जना चिकित्सकले एक जना विरामीमा खेलबाड गर्न सक्छ तर एक जना पत्रकारले राज्यमा ठूलो दङ्गा ल्याउन सक्छ, त्यसतर्फ सबैको ध्यान जानुपर्छ ।”

कार्यक्रममा राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले आमसञ्चार विश्वविद्यालयको स्थापनासहित सबै विश्वविद्यालयलाई नेतृत्व गर्ने छाता कानुन ल्याएर व्यवस्थित गर्नुपर्ने बताउनुभयो । कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिकेसनका संस्थापक डा मञ्जु मिश्रले पत्रकारिता विषयमा दक्ष जनशक्ति उत्पादनका लागि नयाँ विश्वविद्यालयको अभियान चालिएको स्पष्ट पार्नुभयो । पत्रकारिताको प्राज्ञिक जगत्मा विश्वविद्यालय स्थापना भएमा नेपाल दक्षिण एसियाकै नयाँ शैक्षिक केन्द्र बन्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा शिक्षाविद् प्रा केदारभक्त माथेमा र डा विद्यानाथ कोइरालाले शैक्षिक क्षेत्र विशिष्टीकृत बन्दै गएको अवस्थामा आमसञ्चार विश्वविद्यालय स्थापना हुनुपर्नेमा जोड दिँदै त्यसका लागि सामूहिक पहल आवश्यक छ भन्नुभयो । -रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका