Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
कलाकारलाई कालोसूचीमा राखेका पूर्वसंस्कृति मन्त्रीमाथि मुद्दा दायर – Gaule Khabar

कलाकारलाई कालोसूचीमा राखेका पूर्वसंस्कृति मन्त्रीमाथि मुद्दा दायर

कलाकारलाई कालोसूचीमा राखेका पूर्वसंस्कृति मन्त्रीमाथि मुद्दा दायर

सोल,  माघ २५ –

दक्षिण कोरियाका एक जना पुर्वसंस्कृति मन्त्रीविरुद्ध मङगबार मुद्दा दायर गरिएको छ । आफ्नो पद र शक्तिको दुरुपयोग गरेर झन्डै १० हजार कलाकारहरुलाई कालोसूचीमा राखेको आरोपमा उहाँलाई मुद्दा दायर गरिएको हो । पचास वर्षीय पूर्वसंस्कृति मन्त्री चो युन सुनसँगै पूर्वराष्ट्रपतिका शक्तिशाली मुख्य सचिव किम की चोनका विरुद्धमा पनि मुद्दा दायर गरिएको छ ।

उनीहरुले चलचित्र निर्माता, लेखक, चित्रकारलगायतका कलाकारलाई तत्कालिन राष्ट्रपति पार्क गेन हेइको आलोचना गरेको भन्दै कालोसुचीमा राखेका थिए । ती कलाकारहरुले सरकारी पक्षको विरोध गरेका थिए भने प्रतिपक्षलाई समर्थन गरेका थिए । उनीहरु दुबै जनालाई अघिल्लो महिना पक्राउ गरेपनि औपचारिकमा मुद्दा दायर भने मङ्गलबार मात्रै गरिएको हो ।

“उनीहरुले पद र शक्तिको दुरुपयोग गरेको आरोप छ, तत्कालिन राष्ट्रपतिको भन्दा भिन्न धारणा राखेकै कारण कलाकारलाई कालोसूचीमा राखिएको भनिएको छ,” यस सम्वन्धी मुद्दा हेरिरहेका एक वकिलले भने ।- रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका