Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
आज पनि घट्यो नेप्से – Gaule Khabar

आज पनि घट्यो नेप्से

आज पनि घट्यो नेप्से

काठमाडौं, माघ २५ –

शेयर बजार परिसुचक नेप्से मंगलबार ४ दशमलव २४ अंकले घटेर १३ सय ४५ विन्दुभन्दा तल झरेको छ । नेप्से सोमबार झण्डै १६ अंकले घटेको थियो । वित्त र अन्य बाहेकका सबै समूह ओरालो लागेको दिन मंगलबार सबैभन्दा धेरै होटल समूह झण्डै ४२ अंकले घटेको छ ।
त्यस्तै बीमा साढे २३, जलविद्युत ६ दशमलव २१, बैकिङ ५ दशमलव १५ र विकास बैंक ३ दशमलव २६ अंकले घटेका छन् । अन्य समूह ३ दशमलव १८ र वित्त समूहको शेयर कारोबार शुन्य दशमलव ३७ अंकले बढेको छ । कारोबार रकम भने मंगलबार बढेको छ ।
सोमबार २३ करोड ६१ लाखभन्दा केही बढीको कारोबार भएकोमा मंगलबार ३१ करोड ९८ लाख भन्दा बढीको शेयर किनबेच भएको छ । मंगलबार पनि सबैभन्दा धेरै कारोबार हुने कम्पनी बनेको प्रभु बैंकको शेयर २ करोड २१ लाखभन्दा बढीको कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
मंगलबार नेपाल बैंक लिमिटेडका शेयरधनीले सबैभन्दा धेरै ४ दशमलव ८३ प्रतिशत कमाएका छन् । सानिमा माइ हाइड्रोका शेयरधनीको शेयर मूल्यपनि मंगलबार साढे ४ प्रतिशतले बढेको छ । मंगलबार सबैभन्दा धेरै महिला सहयात्रा माइक्रोफाइनान्सको शेयर ७ प्रतिशत भन्दा धेरैले घटेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका