Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
कालिका मन्दिर जिर्णोद्धार गरिने – Gaule Khabar

कालिका मन्दिर जिर्णोद्धार गरिने

कालिका मन्दिर जिर्णोद्धार गरिने

चितवन, माघ २५–

चित्रवन नगरपालिका वडा नम्वर १२ ज्योतिनगरमा रहेको कालिका मन्दिर जिर्णोद्धार गरिने भएको छ । स्थानीय जनताको सहयोगमा करिव १ करोड ५० लाखको लागतमा मन्दिर जिर्णेद्धार गरिन लागिएको हो । वि.सं.२०३० सालदेखि स्थापना गरिएको सो मन्दिरको यहि फागुन ५ जिर्णोद्धार गर्न लागिएको हो ।

जिर्र्णोाद्धारका लागि वि.सं. २०७१ सालमा लगाईएको धनधान्याञ्चलबाट संकलित रकमले काम गरिएको मन्दिर संञ्चालक समितिले आज पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दियो । मन्दिर संञ्चालक समितिका अध्यक्ष दलबहादुर गुरुङ्का अनुसार १८ पुराण, ९ उपपुराण गरी नैमसारण्य गरिएको सो मन्दिरको जिर्णोद्धार र पदस्थापनका लागि माघ २७ गतेदेखि बृहत मूर्ति प्रतिष्ठा तथा धन धान्यान्चल सप्ताह ज्ञान महायज्ञ गर्न लागिएको छ । महायज्ञबाट उठेको रकम थप गरि मन्दिरको व्यवस्थापन र पूजाआजा संञ्चालन गरिने आयोजकले जनाएको छ । जसका लागि १५ सदस्यीय मुल आयोजक समिति र १७ विभिन्न उप–समितिहरु गठन गरिएको छ । सो कार्यक्रममा पण्डित कृष्णकान्त काफ्लेले कथा बाचन गर्ने कार्यक्रम रहेको छ ।

वि.सं. २०१९ साल देखि थारु समुदायका व्याक्तिहरुले गुरौंको थानका रुपमा पूजाआजा गर्दै आएको सो स्थानमा उनिहरुले पूजा गर्न छोडेसंगै मन्दिरको स्थापना गरिएको मन्दिर निर्माण समितिका संयोजक काशीनाथ घिमिरेले जानकारी दिनुभयो । उनिहरुसंगको सल्लाह अनुसार मन्दिरले चर्केको ८ कठ्ठा जग्गा मध्ये एक कठ्ठा उनीहरुलाई दिएर मन्दिर निर्माणको कार्य थालिएको हो । गड कालिकाको नाममा जग्गा दर्ता गरि २०७२ सालमा समाजकल्याणबाट दर्ता गरि काम थालिएको हो । थारु समुदायका लागि छुट्याईएको स्थानमा उनीहरुले आफ्नो समुदायको गुरौं पूजाका लागि भौतिक संरचना निर्माणको काम थालिरहेका छन् ।

मन्दिर स्थापनाका लागि समाजसेवि पदमबहादुर गुरुङ्ले ५ कठ्ठाा र स्व. विष्णुप्रसाद सुवेदीले ५ कठ्ठाा जग्गा दान गर्नु भएको थियो । गुरुङ्ले दान गर्नु भएको जग्गा विक्री गरी मन्दिरको निर्माणमा खर्च गरिएको छ भने सुवेदीले दान गर्नु भएको जग्गा र अन्य दाताहरुको सहयोगमा खरिद गरिएको १६ कठ्ठाा जग्गाको आम्दानीबाट मन्दिर संञ्चालन भईरहेको छ । विपि बाटिका, अञ्जना ताल लगाएतका विभिन्न पर्यटकिय स्थलहरुको आडमा रहेको सो मन्दिरलाई पर्यटकिय गन्तव्यको रुपमा विकास गर्ने योजनासहित काम अघिबढाईएको मन्दिर संञ्चालक समितिका अध्यक्ष गुरुङ्ले बताउनुभयो ।

सो मन्दिर संञ्चालनका लागि छुट्टै अक्षयकोषको स्थापना गरीएको छ । सो कोषमा अहिले २ लाख ७२ हजार रुपैयाँ रहेको छ । जसको व्याजबाट दैनिक पूजापाठ गर्ने गरिएको अक्षयकोषका संयोजक हेमनाथ दवाडीले जानकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका