बिकास पौडेल
चितवन ,माघ २५ –
पुर्वीचितवनको रत्ननगर क्षेत्रबाट ठुलो परिमाणमा अबैध घरेलु मदिरा बरामद भएको छ । रत्ननगर नगरपालिकाको टाडी ,पिठुवा,शान्तीचोक र कालिका नगरपालिकाको पदमपुर लगायतको क्षेत्रबाट करिब १ हजार ३ सय लिटर अबैध घरेलु मदिरा प्रहरीले नियन्त्रणमा लिएको हो । एक हप्ताको अवधीमा ईलाका प्रहरी कार्यालय टाडीबाट खटिएको प्रहरी टोलिले बरामद गरेको मदिरा आज आन्तरिक राजस्व कार्यालय भरतपुरमा बुझाएको छ । समाजमा हुने विभिन्न अपराधीक घटना घट्नुमा मदिरा सेवन ,लागूऔषध सेवन लगायतको कारण भएकाले पनि अबैध घरेलु मदिरा नियन्त्रण गर्न अभियान नै चलाएको ईलाका प्रहरी कार्यालय टाडीका प्रमुख प्रहरी नायव उपरीक्षक नारायण रन्जितकारले जानकारी दिनुभयो ।
त्यस्तै ईलाका प्रहरी कार्यालय टाडीले हराएको ८ वटा मोबाइल फेला पारेको छ । रत्ननगर क्षेत्रमा मोबाइल हराएको भनेर परेको निवेदन मध्य ८ वटा मोबाइल प्रहरीले फेला पारेको हो ।मोबाइललो आई एम आई ई नम्बरको माध्यमबाट मोबाईल भेटिएको प्रहरीले जनाएको छ । भेटिएको मोबाइलहरु सम्बन्धि मोबाईलधनीलाई हस्तान्तरण गरिएको रन्जितकारले बताउनुभयो ।