Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
सामुदायिक वनमा काठ तस्करी बढ्यो – Gaule Khabar

सामुदायिक वनमा काठ तस्करी बढ्यो

सामुदायिक वनमा काठ तस्करी बढ्यो

गौशाला,  माघ २५ –

महोत्तरी जिल्लाको सामुदायिक वनमा केही समययता काठ तस्करीमा बृद्धि भएको छ ।

समुदायलाई हस्तान्तरण गरिएको पूर्व–पश्चिम लोकमार्गअन्तर्गत उत्तरको प्राकृतिक वनमा साल, साखु, सिसौँलगायतका मूल्यवान प्रजातिका पुराना रुखको तस्करी निक्कै बढेको पाइएको छ । वन गस्तीका क्रममा रुख काटेर तस्करीका लागि लैजान ठिक पारेको अवस्थामा सयाँैं क्युफिट काठ फेला परेपछि यहाँबाट काठको तस्करी व्यापक हुने गरेको रहस्य खुलेका छन् । तस्करीका लागि राखिएका त्यस्ता बरामद गरिएका काठ जिल्लाको लक्ष्मिनियाँस्थित वन विभागको सेक्टर कार्यालय परिसरमा अहिले भरिएका छन् ।

वन गस्तीले खयरमारा– ५ स्थित बाँके मरहा साझेदारी वनबाट सोमबार एक सय ९ क्युफिट बराबरको सात गिन्डा साखु जातको काठ बरामद गरेको छ । काठ व्यवसायीकाअनुसार बरामद काठको बजार मूल्य करिब रु तीन लाख अनुमान गरिएको छ । बाँके मरहा साझेदारी वनका अध्यक्ष रामलला साहकाअनुसार यसअघि पनि सोही साझेदारी वनबाट हजार क्युफिट बराबरका काठ बरामद गरिएका थिए ।

जिल्लामा यो समेत तीन साझेदारी र सात भन्दा बढी सामुदायिक वन छन् । वन पदाधिकारीकाअनुसार काठ चोरी तस्करी नियन्त्रण हुननसक्दा सबै वनको अवस्था एकै जस्तो छ । सागरनाथ वन विकास परियोजनाले लोकमार्ग दक्षिणको वन अधिग्रहणपछि परियोजना मातहतका जङ्गलभर सडक निर्माण गरेकाले पनि काठ तस्करलाई सहज बनेको जनाइएको छ । -रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका