Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
सनातन स्वीट्स एण्ड बेकर्सको आजबाट आपैचारिक सुरुवात – Gaule Khabar

सनातन स्वीट्स एण्ड बेकर्सको आजबाट आपैचारिक सुरुवात

सनातन स्वीट्स एण्ड बेकर्सको आजबाट आपैचारिक सुरुवात

चितवन, माघ २४–

चितवनको भरतपुस्थित मालपोत चोकमा आजबाट सनातन स्वीट्स एण्ड बेकर्स औपचारिक रुपमा संचालनमा शुभारम्भ भएको छ ।
आज एक कार्यक्रमकाबीच आर्ट अफ लिभिङका गुरु पवन नेपाल, सशस्त्र प्रहरी बल, सीमा सुरक्षा कार्यालय आँपटारीका प्रहरी उपरीक्षक श्याम कोइराला र दी फेमश महेन्द्र दल गणका प्रमुख सेनानी सुरेन्द्र सापकोटाले संयुक्त रुपमा सनातनको उद्घाटन गर्नुभयो । नेपालले रिवन काट्नु भएको थियो भने कोइराला र सापकोटाले दीप प्रज्वलन गर्नुभएको थियो । कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजन गौतम विशिष्ठ अतिथि रहनु भएको थियो ।
पछिल्लो समय नेपालमा मानिसहरु शाकाहारी बन्ने क्रम बढ्दो छ । तर विशुद्ध शाकाहारी खाद्य पदार्थ पाउनै मुश्किल छ । यही समस्या समाधानको मध्यनजर गर्दै
विभिन्न पेशा व्यवसाय सम्हाल्दै आएका मूख्य तीन युवाले सनातन हस्पिटालिटी म्यानेजमेन्ट प्रा.लि. मार्फत सनातन स्वीट्स एण्ड बेकर्स संचालनमा ल्याएका हुन् ।
विशुद्ध शाकाहारी खानेकुरा पाउनै मुश्किल भईरहेको अवस्थामा शाकाहारी लक्षित सनातन स्वीट्स एण्ड बेकरी संचालनमा ल्याएको सनातन हस्पिटालिटी म्यानेजमेन्ट प्रा।लि।का अध्यक्ष मनिष सापकोटाले बताउनुभयो । उहाँले आगामि दिनमा जिल्लाका अन्य स्थानहरुमा पनि प्रोजेक्ट विस्तार गर्दै अघि बढ्ने जानकारी दिनुभयो ।
सनातन स्वीट्स एण्ड बेकर्समा ग्राहकहरुले खान मात्र होइन बास बस्न समेत पाउने छन् । सो भवनको माथिल्लो तलामा वातानुकुलित १० वटा कोठाहरु तयार पारिएको सनातन हस्पिटालिटी म्यानेजमेन्ट प्रा.लि.का कार्यकारी निर्देशक विकास सापकोटाले जानकारी दिनुभयो ।
सनातन स्वीट्स एण्ड बेकरीमा भारतबाट समेत दक्ष व्यक्ति ल्याइएको छ । उनीहरुले नेपाली युवाहरुलाई विभिन्न परिकार बनाउन सिकाई रहेका छन् । हाल ४० जनाले प्रत्यक्ष रोजगारी पाई स्वीट्सलाई अघि बढाई रहेको अर्का निर्देशक राम रिजालले जानकारी दिनुभयो ।
सनातनबाट नेपाली, भारतीय, दक्षिण भारतीय र चाईनिज खानाहरु समेत उपलब्ध छन् ।
उद्घाटन कार्यक्रम सनातन हस्पिटालिटी म्यानेजमेन्ट प्रा.लि.का अध्यक्ष मनिष सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका