Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
शिक्षकलाई अनावश्यक प्रश्न सोधेको भन्दै काठमाडौंकै निजी स्कुलमा छात्रलाई यस्तो सजाय – Gaule Khabar

शिक्षकलाई अनावश्यक प्रश्न सोधेको भन्दै काठमाडौंकै निजी स्कुलमा छात्रलाई यस्तो सजाय

शिक्षकलाई अनावश्यक प्रश्न सोधेको भन्दै काठमाडौंकै निजी स्कुलमा छात्रलाई यस्तो सजाय

काठमाडौं,माघ २४-

काठमाडौंको धुम्बाराहीस्थित लुम्बिनी विगिनर्स एकाडेमीका प्रधानाध्यापकले कक्षा ९ मा अध्ययनरत सुदीप दाहाललाई मरणासन्न हुने गरी कुटपिट गरेका छन् ।कक्षामा प्रथम हुँदै आएका छात्र सुदीपले गणित शिक्षकलाई अनावश्यक प्रश्न सोधेको अभियोगमा प्लास्टिकको कालो पाइपले खुट्टा, तीघ्रा आदिमा छाला फाट्ने गरी कुटेका छन् ।

सुदीपका बाबु घनहरी दाहालले भने, ‘छोराको स्कुलका प्रिन्सिपल सुरेश यादवले नै हिजो आइतबार कुट्नु भएको हो । फेरि नकुट्ने आश्वासन दिनु भएको छ ।’उनले आज सोमबार पनि सुदीपलाई स्कुल पठाएका छन् । ‘फेरि कुट्ने हुन् कि भन्ने चिन्ता लागेको छ’ सुदीपका बाबुले भने ।

घनहरीले छोरामाथिको यस्तो अपराधविरुद्ध उजुरी दिने योजना नभएको बताएका छन् । घटनापछि विद्यालयका प्रिन्सीपलले उनीसँग कुराकानी गरेर विषय मिलाएको बताएका छन् ।कुटेर यो अवस्थासम्म पुग्दा पनि प्रिन्सिपल यादव आफूले ठूलो गल्ति नगरेको दाबी गर्दै आएका छन् । उनले भने, ‘धेरै शिक्षकहरुलाई प्रश्न गरेर हैरान पारेकोले सामान्य नसिहत दिएको हुँ । कुनै अपराध होइन ।’

बालबालिकामाथि यातना दिएको कसुरमा तपाईमाथि कानुनी कारबाही पनि हुन सक्छ नी भन्ने प्रश्नमा उनले भने, ‘कसरी हुन्छ कानुनी कारबाही ? मैले सुदीपको बुवासँग कुरा मिलाइसकेको छु । अब हामीबीच कुरा मिलिसकेको छ भने अरु के कुरा ?’

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका