Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
प्रेममा धोका दिएको भन्दै गैंडाकोटकी युवतीमाथि एसिड प्रहार,युवतीको मृत्यु – Gaule Khabar

प्रेममा धोका दिएको भन्दै गैंडाकोटकी युवतीमाथि एसिड प्रहार,युवतीको मृत्यु

प्रेममा धोका दिएको भन्दै गैंडाकोटकी युवतीमाथि एसिड प्रहार,युवतीको मृत्यु

नवलपरासी,माघ २४-

प्रेममा धोका दिन लागेको भन्दै एक युवकले एसिड प्रहार गर्दा गम्भीर घाइते भएकी युवतीको मृत्यु भएको छ । बुटवल ६ स्थित मेरिडियन होटलमा बास बस्ने क्रममा धादिङ नौबिसे १ बस्ने २८ वर्षीय सुनिल कोइरालाले नवलपरासी गैंडाकोट ५ की २७ वर्षीया तुलसा सापकोटालाई आइतबार राति एसिड प्रहार गरेका थिए । तुलसाको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको हो । एसिड तुलसाको अनुहार, टाउको र शरीरमा लागेको थियो ।

सुनिल र तुलसा केही समयदेखि प्रेममा थिए । तर, तुलसाले आफूलाई बेवास्ता गरेको र अर्कै केटासँग विवाह गर्न लागेको सुनिलको अनुमान थियो । सुनिलले तुलसालाई सो होटलमा लगी नियोजितरुपमा एसिड प्रहार गरेर ज्यान लिएका हुन् ।

रातको समयमा तुलसा चिच्याएपछि होटलका कामदारले सबै ढोका बन्द गरी सुनिललाई पक्राउ गरेका थिए । तुलसालाई तुरुन्तै अस्पताल लगिएको थियो ।

इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी मुकुन्द मरासिनीका अनुसार सुनिलले तुलसालाई एसिड हानेको स्वीकार गरेका छन् । आफूहरुबीच केही वर्षदेखि प्रेमसम्बन्ध रहेको र अहिले आफूलाई छाडेर अर्कैलाई रोजेपछि एसिड हानेको सुनिलले वयान दिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका