काठमाडौं,माघ २४-
मन्त्रालयले करीब एक महिनाअघि काठमाडौंका विभिन्न स्थानमा थप तीनवटा एफएम सञ्चालनका लागि अनुमति दिएको हो ।
गत पुस २६ गते लिङ्क भिजन प्रालि, जनमैत्री मिडिया प्रालि र मेरो विचार प्रालिलाई एफएम सञ्चालनको अनुमति दिइएको छ ।
मन्त्रालयका अनुसार एकहजार वाटको लिङ्क भिजन काठमाडौंको चावहिलबाट र अर्को एकहजार वाटको जनमैत्री मिडिया प्रालि काठमाडौंकै विशालनगरबाट नियमित प्रसारणमा आइसकेको छ । पाँचसय वाटको मेरो सञ्चार प्रालि काठमाडौं महानगरपालिका वडा नं. ३३ बाट प्रसारणमा आइसकेको छ ।