Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
एक सय बढि कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश – Gaule Khabar

एक सय बढि कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

एक सय बढि कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

चितवन, माघ २४–

नेकपा माओवादी केन्द्र कालिका नगरपालिका नगरस्तरीय एकता भेला सम्पन्न भएको छ । माओवादी केन्द्रका प्रमुख स्थाई कमिटी सदस्य विश्वझक्त दुलाल (आहुती)को प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको हो । सो अवसरमा बोल्दै आहुतीले आगामी चुनावका लागि सबै कार्यकर्ता तयारी अवस्थामा रहन निर्देशन दिए ।
नगर अध्यक्ष रामध्वज डल्लाकोटी (विवेक)को अध्यक्षतामा सम्पन्न भेलामा करिब १ सय बढी एमाले र काँग्रेस परित्याग गरि आएका नयाँ कार्यकर्ताहरुलाई प्रमुख अतिथि आहुतीले रातो टिका लगाई प्रवेश गराएका थिए । कार्यक्रममा बाल्ने अधिकांश नवप्रवेशीहरुले देश निकासको एक मात्र विल्कप माओवादी रहेको भन्दै सबैलाई माओवादीमा समाहित गर्न आग्रह गरे ।
भेलामा माओवादी केन्द्रका जिल्ला ईन्चार्ज ईश्वरी भट्टराई, जिल्ला अध्यक्ष यमबहादुर परियार, सह–ईन्चार्ज कञ्चन खनाल, जिल्ला सदस्य संगिता भट्टराईलगायतले बोलेका थिए ।

वडा संयोजकमा दिलबहादुर बुढाथोकी

माओवादी केन्द्र वडा १५ माधवपुरमा दिलबहादुर बुढाथोकीको संयोजकत्वमा २५ सदस्ययी नयाँ कार्य समिति चयन गरेको छ । जसको सहसंयोजक चञ्चला घिमिरे र विनोद ढकाल रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका