Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
पुराना यातायातका साधनहरूमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयलाई राष्ट्रिय लोकतान्त्रिक ट्रेड युनियन महासंघको बिरोध – Gaule Khabar

पुराना यातायातका साधनहरूमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयलाई राष्ट्रिय लोकतान्त्रिक ट्रेड युनियन महासंघको बिरोध

पुराना यातायातका साधनहरूमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयलाई राष्ट्रिय लोकतान्त्रिक ट्रेड युनियन महासंघको बिरोध

काठमाडौँ, माघ २३-

यही फागुन १७ गतेदेखि २० वर्ष पुराना यातायातका साधनहरूमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयलाई राष्ट्रिय लोकतान्त्रिक टे«ड युनियन महासंघले बिरोध जनाएको छ।

आईैतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर २० बर्ष पुराना यातायात साधानमाथि रोक लगाउने सरकारी निर्णय मजदुरहरुको हकमा नभएको भन्दै त्यसको बिरोध जनाएको हो। नेपाल मातृभूमि पार्टीका अध्यक्ष ओमप्रकाश बिश्वकर्माले सरकारले गरेको निर्णय मजदुरको गाँस खोस्ने खालको भएको आरोप लगाए। त्यस्तै नेपाल शिवसेना पार्टीका अध्यक्ष माधवप्रसाद भण्डारीले सरकारले पुराना गाडी विस्थापित् गरेर नयाँ गाडी खरिद गर्ने कार्यमा कमिशन कुम्ल्याउनेतिर लागेको आरोप लगाए।

कार्यक्रममा नेपाल यातायात महिला चालक समुहकी अध्यक्ष मिना चन्द ठकुरीले मजदुरले गरि खाने बाटोलाई सरकारले बन्देज लगाएकोमा आपत्ति प्रकट गरिन्। उनीहरुले यातायातको क्षेत्रमा लागखौं परिवार आफ्नो सम्पूर्ण लगानी गरेर आफू लगायत अन्य चालक, सह–चालक, पार्ट पसल र मेकानिकहरुको परिवार चलाई रहेको उल्लेख गर्दै सरकारको पछिल्लो यस्तो निर्णयले यातायात व्यवसायी लगायत मजदुर वर्गलाई आफ्नै देशमा शरणार्थीको जीवन बिताउन बाध्य पार्ने समेत चिन्ता व्यक्त गरे।

टे«ड युनियनले उठानएका मागहरूमा हिन्दु सेना नेपाल, स्वरोजगार यातायात संघ, हिन्दु जागरण यूवा संघ लगायत संस्थाहरूले एक्येबद्धता जनाएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका