Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
चितवनमा एमाले प्रवेश गर्नेहरुको लहर,सुनचांदी व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष सहित १ सय बढी एमालेमा – Gaule Khabar

चितवनमा एमाले प्रवेश गर्नेहरुको लहर,सुनचांदी व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष सहित १ सय बढी एमालेमा

चितवनमा एमाले प्रवेश गर्नेहरुको लहर,सुनचांदी व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष सहित १ सय बढी एमालेमा

चितवन,माघ २३-

नेकपा एमालेको राष्ट्रियताको नीति मन पराइ चितवनमा एमाले प्रवेश गर्नेहरुको लहर नै चलेको छ । आइतबार पार्टी कार्यालय भरतपुरमा भएको कार्यकर्ता प्रवेश कार्यक्रममा एक सय बढी पार्टी प्रवेश गरेका छन् ।

उनीहरु पूर्व प्रधानमन्त्री एवम् एमालेका निवर्तमान पार्टी अध्यक्ष झलनाथ खनालको हातबाट टीका माला लगाइ एमाले प्रवेश गरेका हुन् । प्रवेश गर्नेमा नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष अर्जुन रसाइली, नारायणगढ जेसीजका अध्यक्ष बाबुराम रामदाम, व्यवसायी भरत कुंवर, होटल व्यवसायी संघ चितवका निवर्तमान अध्यक्ष डासीराम ढकाललगायतका रहेका छन् । पार्टी प्रवेश गर्नेमा अधिकाश माओवादी केन्द्र निकटका रहेका छन् ।

देश भरी नै पछिल्लो समय एमाले प्रवेश गर्नेको जनलहर रहेको भन्दै प्रमुख अतिथि खनालले राष्ट्रियताका सवालमा पार्टीले लिएको अडान निकै सान्दर्भिक र ओझपुर्ण रहेको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका